सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

प्रस्तावित पूर्वपश्चिम रेलमार्ग निजगढ–भरतपुरको डिपिआर सुरू

किशोर खनाल/चितवन पोष्ट by किशोर खनाल/चितवन पोष्ट
१५ फाल्गुन २०७६, बिहीबार
236
SHARES
318
VIEWS
FacebookTwitter
प्रस्तावित पूर्वपश्चिम रेलमार्ग निजगढ–भरतपुरको डिपिआर सुरू

भरतपुर : प्रस्तावित पूर्वपश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागका अनुसार पूर्वपश्चिम रेलमार्गको राष्ट्रिय निकुञ्जबाहेक अन्यको डिपिआर पूरा भइसकेको छ ।

रेल विभागका इन्जिनियर नवराज भट्टले चितवन राष्ट्रिय निकुञ्जमा नछुने गरी डिपिआर तयार गरिने बताए । उनका अनुसार चितवन पुग्ने रेल निजगढ–हेटौँडा हुँदै भरतपुरसम्म आउने छ ।

इन्जिनियर भट्टले भने, ‘निजगढ–हेटौँडा–भरतपुरको रेलमार्गको पनि डिपिआर सुरू भएको छ ।’ उनले चितवन निकुञ्जलाई छल्ने हिसाबले डिपिआर बनिरहेको बताए । निजगढ–भरतपुरको रेलमार्गको डिपिआर पूरा हुन केही समय लाग्ने उनी बताउँछन् ।
‘रेलमार्ग जंगलैजंगल भएर जाँदैन, बस्तीको नजिक भएर जाने हो’, इन्जिनियर भट्टले भने, ‘बस्तीको तीनदेखि चार किलोमिटरको फरकमा नै रेलमार्ग अघि बढ्छ, डिपिआर त्यहीअनुसार अघि बढ्छ ।’

प्रस्तावित पूर्वपश्चिम रेलमार्ग नेपालको सबैभन्दा लामो रेलमार्ग परियोजनाका रुपमा प्रस्ताव गरिएको छ । पूर्वपश्चिम रेलमार्गको लम्बाइ १ हजार ३ किलोमिटर रहने विभागले जनाएको छ । रेलमार्गको लागत ६ खर्बभन्दा बढी लाग्ने अनुमानसमेत गरिएको छ ।

काँकडभिट्टाबाट सुरू हुने रेलमार्ग सोही ठाउँमा स्टेसनसमेत रहनेछ । विभागका अनुसार काँकडभिट्टामा टर्मिनल स्टेसन हुने र ठाउँठाउँमा यात्रु स्टेसन पनि रहनेछ ।

काँकडभिट्टाबाट छुटेको रेल बिर्तामोड, दमक, उर्लाबारी हुँदै इटहरी बजार आउनेछ । रेल विभागका अनुसार दमकमा यात्रु चढ्ने र झर्ने सुविधा उपलब्ध छ । इटहरी बजारमा यात्रु स्टेशन राखिने डिपिआरमा उल्लेख रहेको छ ।

इटहरी स्टेसनपछि रेल पश्चिमतर्फ सुनसरीको इनरूवा, धनुषाको हरिहरपुर र धनपुरी हुँदै रेल सप्तरी जिल्लामा आइपुग्छ । सिरहाको लहानमा यात्रु स्टेसन हुनेछ ।

बर्दिबासमा पनि यात्रु स्टेसन हुनेछ । डिपिआरअनुसार निजगढमा ‘मुख्य स्टेसन’ रहने जनाइएको छ । ‘त्यहाँबाट चितवन राष्ट्रिय निकुञ्जलाई छुने हुँदा पुनः अर्को डिपिआर तयार गर्न लागिएको हो’, इन्जिनियर भट्टले भने, ‘यो डिपिआरअनुसार रेल निकुञ्जलाई छलेर भरतपुर हुँदै नवलपरासीको तम्सरियासम्म पुग्नेछ ।’ नवलपरासीमा ७ वटासम्म ‘यात्रु स्टेसन’ रहन सक्ने विभागले जनाएको छ ।

नवलपरासी, बुटवल हुँदै कपिलवस्तुबाट रेल दाङको लमही पुग्ने र यसबीचमा दुईदेखि तीनवटासम्म यात्रु चढ्ने र झर्ने स्टेसन रहन सक्नेछ ।

लमहीबाट कोहलपुर हुँदै महेन्द्रनगर पुगेर कञ्चनपुरको गड्डाचौकी रेल पुग्ने गरी डिपिआर तयार पारिएको रेल विभागले जनाएको छ । रेलमार्ग सञ्चालनपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा बढीमा आठ घन्टासम्म हुनेछ । ‘रेलमार्गको इआइए प्रक्रिया पनि चालू भइसकेको छ’, इन्जिनियर भट्टले भने, ‘रेलमार्ग राजमार्गको नजिक भएर नै जाने हो ।’

Related Posts

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन
ताजा समाचार

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

प्रधानमन्त्री ओली पुगे शीतल निवास
ताजा समाचार

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य
ताजा समाचार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

जीर्ण बन्दै कर्णाली पुल
ताजा समाचार

जीर्ण बन्दै कर्णाली पुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

१५ फाल्गुन २०७६, बिहीबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

१५ फाल्गुन २०७६, बिहीबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

१५ फाल्गुन २०७६, बिहीबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

१५ फाल्गुन २०७६, बिहीबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

१५ फाल्गुन २०७६, बिहीबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

१५ फाल्गुन २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.