काठमाण्डौं : सचिवालय बैठकले गरेको निर्णयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताहरू विभाजित देखिएका छन् । बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । यही निर्णयमा नेताहरू विभाजित बनेका हुन् ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले निर्णय गरेकाले गौतम २० फागुनदेखि राष्ट्रियसभा सदस्य बन्ने बताए । ‘गौतम कमरेडलाई यही कार्यकालमा राष्ट्रियसभामा पठाउने निर्णय भएको हो । यसमा तलमाथि केही हुँदैन’, श्रेष्ठले भने ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले पनि सचिवालयको निर्णय आधिकारिक रहेको बताए । उनले भने, ‘सचिवालयले गरेको निर्णयभन्दा फरक कुनै निर्णय भएको छैन । अन्य कुरा हल्ला हुन् ।’
तर, सचिवालय सदस्य ईश्वर पोखरेलले भने वामदेव गौतमलाई यही कार्यकालमा राष्ट्रियसभामा लैजाने भन्ने निर्णय नभएको बताएका छन् । उनले भने, ‘वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको हो तर यही कार्यकालमा लैजाने वा पछि भन्नेचाहिँ निश्चित भएको छैन ।’
यसअघि वामदेवलाई राष्ट्रियसभामा लैजान राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न सचिवालयले कार्यदल बनाएको थियो । चौतर्फी विवाद भएपछि बुधबार उक्त कार्यदल विघटन गरिएको नेताहरूले बताएका छन् ।
बुधबार पनि गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने प्रस्तावप्रति सचिवालयमा विवाद भएको कुरा बाहिर आयो । यसबारे सचिवालय सदस्य पोखरेलले भने, ‘राष्ट्रियसभामा वामदेवलाई लैजाने सहमति भएको छ तर २ वर्ष, ४ वर्ष वा ६ वर्षपछि लैजाने भन्ने थाहा छैन ।’
प्रधानमन्त्रीले सचिवालयको निर्णय अस्वीकार गर्ने कुरा हल्ला मात्रै भएको उनले बताए ।
पोखरेलले आज रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको २ वर्ष पुगेको छ । सो अवसरमा आयोजना गरेको कार्यक्रम सकेपछि उनले पत्रकारलाई आफ्नो क्याबिनमा बोलाएर वामदेव सम्बन्धमा बोलेका हुन् ।
उनले भने, ‘एक जनालाई प्रधानमन्त्री बनाउने भनेको के सुटुक्क टिपेर राख्ने हो र रु यसमा त सम्पूर्ण प्रक्रिया नै पुनः बनाउनुपर्छ । अथवा, संविधन नै संशोधन गर्नुपर्ने हुन्छ । शिलापत्र डटकमबाट