बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोभेक द्वारा भेरी–बबईमा सुरुङ हस्तान्तरणको तयारी

होस्ट खबर by होस्ट खबर
१३ फाल्गुन २०७६, मंगलवार
379
SHARES
522
VIEWS
FacebookTwitter
कोभेक द्वारा भेरी–बबईमा सुरुङ हस्तान्तरणको तयारी

सुर्खेत : निर्माण पुरा भएको एक वर्षपछि भेरी–बबई डाइर्भसन आयोजनाको सुरुङ हस्तान्तरण हुने भएको छ । सुरुङको निकास तथा प्रदेशद्वार क्षेत्रमा बायो इन्जिनियरिङ कार्य सम्पन्न गर्न बाँकी रहेकाले निर्माण कम्पनीलाई सुरुङ हस्तान्तरण गर्न करिब डेढ महिना लाग्ने भएको हो ।

चाइना इन्जिनियरङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) को सहायताले १२ किमी २१० मिटर सुरुङ खनेको थियो । गत वर्ष चैतमा सुरुङ निर्माण कार्य सम्पन्न भएको थियो । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर कृष्णप्रसाद उपाध्यायले बायो इन्जिनियरिङको काम सकिएलगत्तै कोभेकले सुरुङ हस्तान्तरण गर्ने बताए । “सम्झौतामा टनेल निर्माणसंगै बायो इन्जिनियरिङको काम पनि कोभेकले नै गर्नुपर्ने उल्लेख थियो, अहिले डकुमेन्ट तयार गर्ने काम भइरहेको छ,” उनले भने, “यी सबै कामका कम्तीमा डेढ महिना लाग्छ, त्यसपछि आयोजनालाई टनेल हस्तान्तरण हुनेछ ।”

चिनियाँ कम्पनी कोभेकले २०७४ कात्तिक मसान्तदेखि बबई किनार हात्तीखालबाट सुरुङ निर्माण थालेको थियो । सिचाइँ विभाग र कोभेकबीच २०७६ चैत १५ गतेसम्म सुरुङ खनिसक्नुपर्ने सम्झौता भएपनि एक वर्ष अगावै निर्माण सम्पन्न गरेपछि आयोजना व्यवस्थापन र कोभेकले चौतर्फी प्रसंशा बटुलेका थिए । टिबिएम अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित उपकरण हो । जुन नेपालले पहिलोपटक सुरुङ खन्न यहाँ प्रयोगमा ल्याएको हो ।

आयोजनाका अनुसार हाल सुरुङ (टनेल) फिनिसिङको कार्य पुरा भएको छ । यस अन्तर्गत सुरुङ मर्मत सम्भार, सरसफाइ गर्ने लगायतका काम पर्दछन् । सुरुङ निर्माण आयोजनाको ३३ प्रतिशत उपलब्धीमा पर्दछ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) उपाध्यायले हालसम्म ४० प्रतिशत निर्माण कार्य पुरा भएको बताए । दोस्रो चरणको ठेक्का अन्तर्गत बाँध (ड्याम) र विद्युत् गृह (पावरहाउस) निर्माणको कार्य शुरु भइसकेको छ ।

चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच यही साउन १३ गते दोस्रो चरणको ठेक्का अघि बढाउने सम्झौता भएको थियो । उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनले बाँधस्थल चिप्लेमा यही मङ्सिर १६ गते दोस्रो चरणको निर्माण कार्यको शिलान्यास गरेका थिए ।

आयोजना क्षेत्रमा रुख कटान, डिजाइन सर्भे लगायतका काम सम्पन्न भइसकेका छन् । दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युत्गृह लगायतका संरचना पर्दछन् । यसका लागि आयोजनाले रु. ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महिनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्न कार्यादेश छ । आयोजनाले बाँध, विद्युत्गृहसँगै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्यहरु अघि बढाएको जनाएको छ । त्यस्तै, प्रभावित क्षेत्रका बासिन्दाको सामाजिक आर्थिक विकासका लागि भेरी र बबई करिडोरमा सिचाइँ, तटबन्ध लगायतका विभिन्न योजनाहरु सञ्चालनमा छन् । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९÷८० सम्म सम्पन्न गर्ने लक्ष्य छ ।

भेरीगंगा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगंगाकै वडा–११ हात्तिखालस्थित बबई किनारमा भेरीको पानी खसालिनेछ । जहाँ जलस्रोत, उर्जा तथा सिचाइँ मन्त्रालयको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाले भेरीबाट प्रति सेकेन्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ ।

सिचाइँ विभागले भेरी बबईबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब रु. ४ अर्ब ३ करोड र बाह्रै महिना सिचाइँ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु. ३ अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनबाट सुरुङ खन्ने जस्ता विशेषताका कारण यसलाई ‘राष्ट्रिय गौरव’ को, ‘नमूना आयोजना’ रुपमा परिभाषित गरिएको छ ।

Related Posts

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
भर्खर

४ मंसिरमा चुनाव गर्ने सहमति

कर्णाली करिडोर एक सातादेखि बन्द
भर्खर

कर्णाली करिडोर एक सातादेखि बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

१३ फाल्गुन २०७६, मंगलवार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

१३ फाल्गुन २०७६, मंगलवार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

१३ फाल्गुन २०७६, मंगलवार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

१३ फाल्गुन २०७६, मंगलवार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

१३ फाल्गुन २०७६, मंगलवार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

१३ फाल्गुन २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.