शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

प्रधानमन्त्रीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी

विकास भट्टराई by विकास भट्टराई
१२ फाल्गुन २०७६, सोमबार
271
SHARES
320
VIEWS
FacebookTwitter
प्रधानमन्त्रीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : सेक्युरिटी प्रेस खरिदका लागि कमिसनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत संलग्न भएको आरोपमा उहाँसहित चार जनाविरुद्ध छानबिन गर्न माग गर्दै आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दायर गरिएको छ। प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध सो आरोपमा छानबिन गर्न माग गर्दै उजुरी दायर गरिएको हो।

बाँके जिल्लास्थित नेपालगन्जका प्रेमबहादुर शाही र मकवानपुर जिल्ला हेटौंडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायतविरुद्ध सेक्युरिटी प्रेस प्रिन्टिङ खरिद गर्नका लागि भ्रष्टाचार गर्न लागेको उल्लेख गदै अख्तियारमा उजुरी दायर गरेका हुन्।

उनीहरूले भू–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, अप्टिकल फाइबर विस्तारलगायतमा भ्रष्टाचार गरेको आरोपमा प्रधानमन्त्री ओली, पूर्वसञ्चारमन्त्री बाँस्कोटा, पूर्वसूचना सचिव महेन्द्र गुरुङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध छानविन गर्न माग गरेका छन्।

पूर्वमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि नेपालस्थित एजेन्टसँग ७० करोड रुपियाँ कमिसन चाहिने भनी माग गरेको अडियो सार्वजनिक भएको थियो।

त्यस्तो अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। प्रधानमन्त्री ओलीलाई सो अडियोबारे डेढ महिनाअघि नै जानकारी भए तापनि त्यस सम्बन्धमा खासै चासो नदिएको उजुरीमा उल्लेख गरिएको छ।

त्यस्तो जानकारी भए तापनि प्रधानमन्त्री ओलीले त्यसलाई लुकाएर मतियारको कार्य गरेको उजुरीमा जनाइएको छ।

पूर्वसञ्चार मन्त्री बाँस्कोटाले प्रेस खरिद गर्दा २७ अर्ब लाग्ने भए तापनि त्यसलाई बढाएर २८ अर्ब बनाउनुपर्ने, सोबापत कमिसन ७० करोड रुपियाँ हुनुपर्नेजस्ता माग राखेको अडियो सार्वजनिक भएको थियो।

नेपाल टेलिकमको फोरजी सञ्चालनमा अर्बौं रुपियाँ भ्रष्टाचार भएको दाबीसहित रहस्य सार्वजनिक भए पनि अख्तियारले त्यस सम्बन्धमा अनुुसन्धान नगरेकोमा सार्वजनिक रूपमा असन्तुष्टि हुँदै आएको छ।

पूर्वसञ्चारमन्त्री बाँस्कोटा प्रधानमन्त्री ओलीको विश्वास प्राप्त व्यक्ति भएको उल्लेख गरिँदै आएको छ। प्रधानमन्त्री ओलीको विश्वास प्राप्त भएका कारण बाँस्कोटाले उन्मुक्ति पाउने हुन् कि भन्ने आशंका पनि व्यक्त गरिँदै आएको छ।

अख्तियारले सेक्युरिटी प्रेस खरिद घोटाला प्रकरण, फोरजी प्रकरण, अप्टिकल फाइबर विस्तार प्रकरणमा छानबिन नगरेको भनी आरोप लाग्दै आएको छ। ती भ्रष्टाचार प्रकरणमा शीघ्रातीशीघ्र छानबिन गर्न उजुरीमा माग गरिएको छ। नेपाल समाचारपत्र दैनिक

Related Posts

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस
भर्खर

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !
भर्खर

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का
भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन
खेलकुद

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१२ फाल्गुन २०७६, सोमबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१२ फाल्गुन २०७६, सोमबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१२ फाल्गुन २०७६, सोमबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१२ फाल्गुन २०७६, सोमबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१२ फाल्गुन २०७६, सोमबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१२ फाल्गुन २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.