धनगढी : सुदूरपश्चिममा चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिमा विभिन्न दुर्घटनामा ४५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
५९ वटा दुर्घटना हुँदा ८८ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सबैभन्दा धेरै दुर्घटना कैलालीमा हुने गरेको छ । दुर्घटना हुने साधनमा मोटरसाइकल दुर्घटना अधिक छ ।
गत आवमा सुदूरपश्चिमका नौ जिल्लामा भएका दुई सय ३४ सडक दुर्घटनामा दुई सय २३ जनाको मृत्यु भएको थियो । त्यसक्रममा ४ सय ३४ जना घाइते भएका ट्राफिक प्रहरीको तथ्यांक छ ।
जसमध्ये कैलालीमा ८५ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा ६६ जनाको मृत्यु भएको र एक सय ५१ जना घाइते भएका प्रहरीले जनाएको छ । कैलालीपछि कञ्चनपुरमा ५७ सवारी दुर्घटना भएका थिए । दिनहुँ जसो सवारी दुर्घटना भइरहेपनि यसको न्युनिकरणका लागी सरोकारवाला निकायले खासै पहल नगरेको नागरीकको गुनासो छ ।