बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

डोरी टाँगेर बाटो छेक्दा बालकको ज्यान गयो, पशुपतिमा साधुदेखि भक्तसम्म गाँजामा लट्ठ

होस्ट खबर by होस्ट खबर
९ फाल्गुन २०७६, शुक्रबार
468
SHARES
340
VIEWS
FacebookTwitter
डोरी टाँगेर बाटो छेक्दा बालकको ज्यान गयो, पशुपतिमा साधुदेखि भक्तसम्म गाँजामा लट्ठ

काठमाडौं : हिन्दू धर्मावलम्वीहरुले आज शिवरात्रि पर्व मनाउँदैछन्। कोही मन्दिरमा पूजाआराधना गर्दै त कोही काठका मुडामा आगो बाली धुनी जगाउँदै अनि कोही व्रत बसेर शिवरात्रि मनाइरहेका छन्।

हरेक वर्षजस्तै यस वर्ष पनि काठमाडौंको पशुपतिनाथमा भक्तजनको घुइँचो लागेको छ। भारतबाट पनि थुप्रै साधु तथा भक्तहरु पशुपतिनाथ आएका छन्। धेरैजसो साधुहरु गाँजा, भाङले लठ्ठ देखिन्छन् ।

देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागिरहँदा केटाकेटी भने भने बाटोमा डोरीले छेकी बटुवा तथा सवारीचालकसँग पैसा मागिरहेका छन् । यसरी पैसा संकलन गरेर उनीहरु धुनी जगाउने तथा खानेकुरा खााने गर्छन्।

यसैबीच, दोलखाको कालिञ्चोक गाउँपालिकामा शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ। बसको स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो।

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

संस्कृतिविद् दामोदर गौतम रमाइलोका नाममा चाडपर्वमा विकृति बढ्दै गएको बताउँछन् । डोरी टाँगेर जबर्र्जस्ती पैसा माग्नु पौराणिक र सामाजिक मान्यता विरोधी कार्य भएको उनको तर्क छ ।

‘पौराणिक रुपमा कुरा गर्ने हो भने शिवभक्तसँग कुनै धन सम्पत्ति नभएको र रातमा धुनी जगाउन दाउरालगायत पूजा सामग्रीको जोहो गर्न त्यस्ता आवश्यक सामग्री माग्ने पौराणिक प्रचलन हो । जबर्जस्ती गर्ने हुँदै होइन । जबर्जस्ती पैसा माग्नु विकृति हो,’ गौतमले भने । बालबालिकाले रमाइलोका लागि त्यसो गर्ने भए पनि अभिभावकले रोक्नुपर्ने उनको सुझाव छ ।

संस्कृतिविद् गौतम शिवबुटी भन्दै गाँजा, भाङ र अफिमको सेवन गर्ने प्रचलन पनि गलत रहेको बताउँछन् । गौतमका अनुसार सत्ययुगमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा कालकुट विष निस्क्यो । त्यो विषले सबै जलाउन लाग्यो ।

त्यसपछि महादेवलाई विष व्यवस्थापन गरिदिन अनुरोध गरियो । सबैको अनुरोधपछि महादेवले सो विष पिइदिए र सो विषलाई आफ्नै घाँटीमा राखे । विषको पीडा कम गर्न पार्वतीले गाँजा, अफिम र धतुरोको रस बनाएर खुवाएको पुराणहरुमा उल्लेख छ ।

शिवले खाएको भन्दै गाँजा, भाङ, धतुरोजस्ता लागू पदार्थ प्रयोग गर्नुलाई गौतम विकृति भन्छन्। ‘पुराणहरुमा महादेवले सधैं गाँजा, अफिम वा धतुरो खाएको उल्लेख छैन । हलाहल विषको कारण बेहोस भएको बेलामा विष काट्न औषधीको रुपमा मात्रै प्रयोग गरिएको हो । हलाहल विष सेवन गरेको व्यक्तिले गाँजा, अफिम र धतुरो खाए हुन्छ, जो पायो त्यसैले यो खाने चिज होइन,’ गौतमले भने ।

यस वर्षको शिवरात्रिमा पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागू पदार्थ निषेध गरिएको प्रहरीले बताएको थियो। तर, खुलेआम रुपमा यसको वितरण र सेवन भइरहेको देखिन्छ। नेपाल समयबाट साभार गरिएको

Related Posts

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस
भर्खर

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !
भर्खर

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का
भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन
खेलकुद

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

९ फाल्गुन २०७६, शुक्रबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

९ फाल्गुन २०७६, शुक्रबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

९ फाल्गुन २०७६, शुक्रबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

९ फाल्गुन २०७६, शुक्रबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

९ फाल्गुन २०७६, शुक्रबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

९ फाल्गुन २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.