घोराही : प्रजातन्त्र दिवसको अबसरमा दाङका २ कारागारबाट २० जना कैदि छुटेका छन् । कारागारमा असल चालचलन देखाउने र ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदिहरुलाई राष्ट्रपतीले कैद मिनाह गर्ने प्राबधान रहेको छ ।
दाङका घोराही र तुलसीपुर कारागारबाट सिफारिस भएका २० जना कैदीहरु आज छुटेका छन् । घोराही र तुलसीपुर कारागारबाट दश दश जना कैदीहरुको कैद मिनाह भएको हो ।
घोराहीबाट ३ जना कर्तव्य ज्यान, ४ जना सवारी ज्यान, ज्यान मार्ने उद्योग, सरकारी लिखत किर्ते र काठ चोरीका एक एक जना कैदीहरुको कैद मिनाह भएको जेलर विष्णुप्रसाद पाण्डेयले जानकारी दिएका छन ।
उता तुलसीपुर कारागारबाट ५ जना कर्तव्य ज्यान, सवारी ज्यान, सरकारी छाप तथा दस्तखत किर्ते, डाँका चोरी र आगो लगाउने तथा ज्यान मार्ने उद्योगका एक एक जना पनि कारागारबाट छुटेको जेलर युवराज परियारले जानकारी दिए ।
प्रजातन्त्र दिवसको अबसरमा सरकारले देशैभरीबाट ३ सय २९ जना कैदीको कैद मिनाहा गरेको छ ।