काठमाडौं : पश्चिमी वायुको प्रभाव कारण बुधबार (भोलि) बाट देशका पहाडी भूभागमा वर्षा हुने भएको छ ।
नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असर देखिएकाले बुधबार, बिहीबार र शुक्रबार विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार देशका पहाडी क्षेत्रमा मात्रै वर्षा हुनेछ भने बिहीबार र शुक्रबार तराईका भूमागमा पनि वर्षा हुने सम्भावना रहेको छ। धेरैजसो ठाउँमा हल्का मात्रै वर्षा हुनेछ ।
काठमाडौं उपत्यकामा पनि तीन दिननै हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । उनका अनुसार वर्षासँगै उपत्यकासहित देशका विभिन्न ठाउँको आकाशमा देखिएको तुवालो हट्ने छ । शनिबारबाट आकाश सफा हुने उनले बताइन् ।