काठमाडौं : कोभिड–१९ भनिने नोबेल कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६६९ पुगेको छ।
यस्तै ६९ हजार मानिसमा भाइरस संक्रमण भएको छ। मृत्यु हुनेमध्ये १६६५ चीनका, एकजना फ्रान्स, एकजना फिलिपिन्स, एकजना जापान र एक जना हङकङका छन्।
विश्वका २७ देशमा यो भाइरस संक्रमण भएको छ। चीनमा शनिबारमात्र १४२ संक्रमितको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
चीनको हुबेईमा ९ हजार ५ सय संक्रमित उपचारपछि घर फर्किएका छन्। नेपाल समय