आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

तेस्रो मुलुकका नागरिक निषेध गरेपछि सप्तरीमा नेपाल -भारतका मुस्लिमहरुको सभा शुरु

होस्ट खबर by होस्ट खबर
४ फाल्गुन २०७६, आईतवार
277
SHARES
370
VIEWS
FacebookTwitter
तेस्रो मुलुकका नागरिक निषेध गरेपछि सप्तरीमा नेपाल -भारतका मुस्लिमहरुको सभा शुरु

राजविराज : सप्तरीमा मुस्लिम धर्मावलम्बीहरूको सभा शुरु भएको छ । धार्मिक सभामा झण्डै २ लाख मुस्लिमले सहभागिता जनाएका छन् ।

सप्तरीको बोदे बर्साइन नगरपालिकामा शनिबारदेखि जाँजरस्थित खड््ग नदी किनारमा धार्मिक सभाको आयोजना गरिएको हो । धार्मिक सभामा नेपाल र भारतका मुस्लिमहरूको सहभागिता रहेको छ । शनिबारसम्म झण्डै २ लाखको सङ्ख्यामा उनीहरू भेला भइसकेका छन् भने अहिले पनि आउने क्रम जारी रहेको छ ।

सभास्थलमा तयार पारिएको टेण्टमा सहभागी अट्न नसकेपछि टेण्ट बाहिर पनि बसेका छन् । टेण्ट बाहिरसमेत नवाज पढेर उनीहरू धर्मसभामा सहभागी भएका छन् । सभास्थलमा महिला र बालबालिकालाई प्रवेश निषेध गरिएको छ । धार्मिकसभामा नेपाल र भारतका मुस्लिमलाई मात्रै बोलाउने जनाएको आयोजकले तेस्रो मुलुकबाट पनि बोलाएपछि गृह मन्त्रालयले सभा रोक्न बिहीबार सर्कुलर जारी गरेको थियो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पुनः सभा सञ्चालन गर्न गृहले अनुमति दिएको छ । गृहले तेस्रो मुलुकबाट आएकालाई फर्काउने शर्तमा अनुमति दिएको हो । सरकारको आदेश बमोजिम अन्य देशबाट आएकालाई फर्काइएको मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले बताए । पाकिस्तान, बङ्गलादेश, साउदी अरब, कुवेत, थाइल्याण्डसहितका देशबाट समेत सहभागीलाई बोलाइएको थियो ।

मुस्लिम धर्मावलम्बीको धार्मिक सभामा औपचारिक रूपमा उद्घाटन र भाषण गर्ने काम गरिएको छैन । सिधै प्रवचनको कार्यक्रम गरिएको छ । धार्मिक प्रवचनमा सहभागी हुन भारतको राजधानी दिल्लीबाट हजरत मौलाना साद साहेव आएका छन् । उनी नै मुख्य प्रवचनकर्ता रहेको अन्सारीले बताए ।

साद साहेव जमात विश्वका अध्यक्षसमेत हुन् । उनीसँगै नेपाली जमातका अध्यक्ष निसारुद्दिनको पनि सहभागिता रहेको छ । सभास्थलामा हजार बिघाभन्दा बढी जग्गामा टेण्ट, शौचालय निर्माण गरिएको छ । सभा स्थल आसपास एक लाखभन्दा बढी ठूला, मझौला तथा साना सवारीसाधन पार्किङ गरिएको छ ।

सवारीसाधन पार्किङ गराउनेदेखि व्यवस्थापन गराउन आयोजकले आफ्नै जनशक्तिलाई खटाएको छ । सभास्थलमा स्वास्थ्य शिविरका साथै खाने प्रबन्धको व्यवस्थासमेत मिलाइएको छ । कतिपय सहभागीहरूले आफै ग्यास सिलिण्डर, चुल्होसहितका आवश्यक सामग्री बोकेर ल्याएका छन् । उनीहरूलाई सुत्नका लागि सोही ठाउँमा छुट्टाछुट्टै टेण्ट निर्माण गरिएको छ ।

सभास्थल आसपास सुरक्षाकर्मी पनि ठूलो सङ्ख्यामा परिचालन गरिएको छ । नेपाल तथा सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरिएको सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए ।

मदिराजन्य सामग्री निषेध
मुस्लिम समुदायले धार्मिक सभा आयोजना गरेको बोदे बर्साइन नगरपालिकाले यस क्षेत्रमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

नगरपालिकाले सभा हुने समय तीन दिनसम्मकै लागि बोदेबर्साइन बजार तथा आसपासका क्षेत्रमा मदिरा बिक्री, वितरण र प्रयोगमा रोक लगाएको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै मदिराजन्य पदार्थ बिक्री वितरण गरेको पाइएमा व्यवसायीको दर्ता खारेज गरी कानूनबमोजिम कारबाही गरिने जनाएको छ ।

Related Posts

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !
पत्रपत्रिका

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी
समाचार

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी

अनेरास्ववियूद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन
ताजा समाचार

अनेरास्ववियूद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन

समाचार

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

जाजरकोट कुसे–७ का वडाध्यक्षको निधन
समाज

जाजरकोट कुसे–७ का वडाध्यक्षको निधन

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
मुख्य समाचार

सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

४ फाल्गुन २०७६, आईतवार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

४ फाल्गुन २०७६, आईतवार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

४ फाल्गुन २०७६, आईतवार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

४ फाल्गुन २०७६, आईतवार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

४ फाल्गुन २०७६, आईतवार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

४ फाल्गुन २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.