शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

यसरी बनाउनुस् तातो सुप

होस्ट खबर by होस्ट खबर
२ फाल्गुन २०७६, शुक्रबार
317
SHARES
541
VIEWS
FacebookTwitter
यसरी बनाउनुस् तातो सुप

जाडोमा ज्यान तताउने गज्जब काइदा हो, तात्तातो सुप । भेज खानुस् वा ननभेज, दुवै विकल्प खुला छन् । सुप बनाउन धेरै मिहिनेत र सामग्री जोरजाम गर्नुपर्दैन । सामान्य सागसब्जी वा मासुको सुप बनाउन सकिन्छ । सुपले जाडोमा शरीरको तापमान सन्तुलनमा राख्छ र पाचन यन्त्रलाई सहज बनाउँछ । जाडोयाममा भोक लागिरहन्छ । भोक लागेपिच्छे खाना खाने हो भने मोटोपनको जोखिम बढ्छ । तर, सुप सेवन गर्दा त्यस्तो डर हुँदैन ।

रेस्टुराँहरूमा चल्ने सुपका रेसिपी धेरै छन् । त्यसमध्येमा पर्छ, तोमयाम सुप । यो थाई परिकार विश्वकै मेनुमा समेटिएको छ । चाइनिज हट एन्ड सावर पनि विश्वका पारखीहरूले रुचाउने परिकार हो । नेपालको रैथाने सुप हो, क्वाँटी । विभिन्न गेडागुडी मिश्रित क्वाँटी स्वादिलो हुन्छ । खसीको खुट्टाको सुप पनि हामी खुबै पिउँछौँ ।

थाई तोमयाम सुप

आवश्यक सामग्री
च्याउ ३० ग्राम, कागती एक दाना, कागतीको पात दुइटा, १० देखि १५ ग्राम अदुवा, आधा लिटर पानी, एक चियाचम्चा तोमयाम पेस्ट, एक चियाचम्चा कागतीको रस, सानो एक मुठो धनियाँ । २० ग्राम तामा, दुईवटा हरियो खुर्सानी, एक चियाचम्चा चिल्ली पेस्ट, ६० ग्राम चिकेन या माछा, एउटा गोलभेँडा, एक चियाचम्चा फिस सस, स्वादअनुसार नुन र मरिच ।

विधि
पहिले पानी उमाल्नुपर्छ । त्यसपछि लेमन ग्रास, लेमन पात र अदुवालाई त्यसमा राखिदिनुस् । त्यसलाई केही बेर उमालेपछि बाँकी सामग्री राख्दै जानुपर्छ । अन्त्यमा कागतीको रस र धनियाँ राख्नुस् । सुप तयार हुन्छ । यसलाई भेजमा पनि तयार गर्न सकिन्छ ।

चाइनिज हट एन्ड सावर सुप

आवश्यक सामग्री
मसिनो गरी काटेको बन्दा र गाँजर । ६० ग्राम भेडे खुर्सानी, एक चियाचम्चा सोया सस । आधा लिटर पानी, एउटा अन्डा, दुईवटा हरियो खुर्सानी, एक चियाचम्चा चिल्ली पेस्ट, एउटा प्याज, दुई चियाचम्चा टोमाटो केचप, आधा चियाचम्चा कागतीको रस या भेनेगर । मसिनो गरी काटेको अदुवा एक चियाचम्चा, दुई टुक्रा च्याउ, एक चियाचम्चा तिलको तेल, काटेको तामा दुई चियाचम्चा, दुई चियाचम्चा कर्न प्लोर, २० ग्राम तोफु, मसिनो गरी काटेको चिकेन ६० ग्राम, स्वादअनुसार नुन र मरिचको धुलो ।

विधि
पहिले पानी तताउनुस् र त्यसमा काटेका भेजिटेबल राख्नुस् । त्यसमा अदुवा, नुन, मरिच, टिमुरको धुलो, काटेको खुर्सानी र चिकेन हालेर उमाल्नुस् । केही समयपछि सोया सस, चिल्ली पेस्ट, केचप टमाटर राख्नुस् । अन्त्यमा कर्न फ्लोर राखेर हल्का बाक्लो बनाउनुस् । त्यसपछि अन्डा फिट्नुस र कागतीको रस या भिनेगर राख्नुस् । तिलको तेलमा प्याज राखेर मिलाउनुस् । सुप तयार हुन्छ ।

खसीको खुट्टाको सुप

आवश्यक सामग्री
खसीको खुट्टा दुई पिस, दुई चियाचम्चा पिसेको अदुवा र लसुन, आधा कप मस्याङ, आधा चियाचम्चा गरम मसला धुलो, आधा चियाचम्चा बेसार, आधा चियाचम्चा जिरा, मेथी, दुईवटा तेजपत्ता, डेढ चम्चा तोरीको तेल, एक मुठो हरियो धनियाँ, एउटा प्याज र गोलभेँडा, आवश्यकताअनुसार पानी, स्वादअनुसार नुन र खुर्सानीको धुलो ।

विधि
पहिले प्रेसरकुकरमा तोरीको तेल तताएर त्यसमा मेथी फुराउने । अनि अदुवा, लसुन, तेजपत्ता र प्याज राखेर केहीबेर भुट्ने । त्यसमै काटेको खसीको खुट्टा राखेर चलाउने । त्यसपछि मसला र पानी राखेर उमाल्ने । केही समयपछि मस्याङ राख्ने र प्रेसरकुकर बन्द गर्ने । सात वा आठ सिटी लागेपछि अगोबाट निकाल्ने । त्यसमा धनियाँ राखेपछि खसीको स्वादिलो खुट्टी सुप तयार हुन्छ ।

चाइनिज हट एन्ड सावर सुप

आवश्यक सामग्री
मसिनो गरी काटेको बन्दा र गाँजर । ६० ग्राम भेडे खुर्सानी, एक चियाचम्चा सोया सस । आधा लिटर पानी, एउटा अन्डा, दुईवटा हरियो खुर्सानी, एक चियाचम्चा चिल्ली पेस्ट, एउटा प्याज, दुई चियाचम्चा टोमाटो केचप, आधा चियाचम्चा कागतीको रस या भेनेगर । मसिनो गरी काटेको अदुवा एक चियाचम्चा, दुई टुक्रा च्याउ, एक चियाचम्चा तिलको तेल, काटेको तामा दुई चियाचम्चा, दुई चियाचम्चा कर्न प्लोर, २० ग्राम तोफु, मसिनो गरी काटेको चिकेन ६० ग्राम, स्वादअनुसार नुन र मरिचको धुलो ।

विधि
पहिले पानी तताउनुस् र त्यसमा काटेका भेजिटेबल राख्नुस् । त्यसमा अदुवा, नुन, मरिच, टिमुरको धुलो, काटेको खुर्सानी र चिकेन हालेर उमाल्नुस् । केही समयपछि सोया सस, चिल्ली पेस्ट, केचप टमाटर राख्नुस् । अन्त्यमा कर्न फ्लोर राखेर हल्का बाक्लो बनाउनुस् । त्यसपछि अन्डा फिट्नुस र कागतीको रस या भिनेगर राख्नुस् । तिलको तेलमा प्याज राखेर मिलाउनुस् । सुप तयार हुन्छ ।

क्वाँटी सुप आवश्यक सामग्री
डेढ कप टुसाएको गेडागुडी, दुई चियाचम्चा पिसेको अदुवा र लसुन, दुईवटा हरियो खुर्सानी, एक मुठो धनियाँ, दुई चियाचम्चा तोरीको तेल, एक चियाचम्चा ज्वानो । आधा चियाचम्चा जिरा र धनियाँको धुलो, एउटा प्याज, गोलभेँडा, आधा चियाचम्चा बेसार, स्वादअनुसार नुन ।

विधि
पहिले प्रेसरकुकरमा तेल तताउनुस् । त्यसमा ज्वानो फुराउनुस् अनि पिसेको अदुवा र लसुन राखेर भुट्नुस् । त्यसपछि काटेको प्याज र गेडागुडी राख्नुहोस् । त्यसलाई पूर्ण रूपमा भुटेपछि सम्पूर्ण मसला र पानी राखिदिनुस् । पानी उम्लन थालेपछि प्रेसरको ढक्कन लगाइदिनुस् ।

त्यसपछि मन्द आगोमा पाक्न दिनुपर्छ । तीन वा चार सिठी लागेपछि त्यसलाई निकाल्नुस् र धनियाँ राख्नुहोस् । क्वाँटीमा खसीको मासुको मिश्रण गराएर पनि सेवन गर्न सकिन्छ । यस्तो सुप स्वास्थ्यका लागि अति फाइदाजनक हुन्छ ।

आरबी बुढाथोकी
सुसेफ, सोल्टी क्राउन प्लाजा होटेल
नयाँ पत्रिका दैनिकबाट

Related Posts

व्यापारीले मकैको मूल्य घटाउँदा किसानलाई मर्का
परिकार/खाना

व्यापारीले मकैको मूल्य घटाउँदा किसानलाई मर्का

के हामी खाना खान जान्दछौं? कुन खानासँग के खाने, के नखाने?
परिकार/खाना

के हामी खाना खान जान्दछौं? कुन खानासँग के खाने, के नखाने?

सुर्खेत उपत्यकामा खानेपानीको अभाव,हप्तामा १ दिन मात्र आउँन्छ पानी (भिडियो सहित)
Videos

सुर्खेत उपत्यकामा खानेपानीको अभाव,हप्तामा १ दिन मात्र आउँन्छ पानी (भिडियो सहित)

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)
Videos

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

यो हो क्यारोट पम्किन सुप !
परिकार/खाना

यो हो क्यारोट पम्किन सुप !

कर्णालीमा सिस्नुको चाउचाउ !
परिकार/खाना

कर्णालीमा सिस्नुको चाउचाउ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२ फाल्गुन २०७६, शुक्रबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२ फाल्गुन २०७६, शुक्रबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२ फाल्गुन २०७६, शुक्रबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२ फाल्गुन २०७६, शुक्रबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२ फाल्गुन २०७६, शुक्रबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२ फाल्गुन २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.