काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ।
राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्ययको निधन भएका कारण आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
अब प्रधानमन्त्री ओली भोलि ११ बजेको संसद् बैठकमा सरकारको दुई वर्षे प्रगतिविवरणबारे जानकारी गराउने उनले बताए। आजको बैठकमा सांसद उपाध्ययको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित गरिने जानकारी दिइएको छ। नेपाल न्यूजबाट