बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

विराटनगरलाई ५ फागुनदेखि सूर्तीनिषेधित महानगरपालिका घोषणा गरिदै

होस्ट खबर by होस्ट खबर
१ फाल्गुन २०७६, बिहीबार
276
SHARES
323
VIEWS
FacebookTwitter
विराटनगरलाई ५ फागुनदेखि सूर्तीनिषेधित महानगरपालिका घोषणा गरिदै

विराटनगर : विराटनगरलाई आगामी ५ फागुनदेखि सूर्ति र सूर्तिजन्य पर्दाथ निषेधित महानगर घोषणा गरिने भएको छ । सूर्तीजन्य पदार्थ अत्याधिक विक्रिवितरण भएको र जनस्वास्थ्यमा असर गरेको भन्दै महानगरले खैनी, चुरोट, बिँडी, सिँगार, गुट्खा, पान, सुल्फा को खुल्ला सेवन र बेचबिखनमा निषेध गर्न लागेको हो ।

सूर्ति र सूतिजन्य पर्दाथ बेचबिखन ऐन २०६८ लाई पूर्ण रूपमा कार्यान्वनयमा ल्याउन एक नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले ५ फागुनदेखि विराटनगरलाई सूर्ति र सूर्तिजन्य पर्दाथहरूको खुल्ला सेवन र बेचबिखन पूर्ण रूपमा निषेधित क्षेत्र घोषणा गर्न लागेको जनाइएको छ ।

५ फागुनदेखि विराटनगर महानगरपालिकाभित्रका सबैखाले विद्यालय, सरकारी कार्यालय र संवेदनशील सार्वजनिकस्थलको एक सय मिटरवरपर पान, गुट्खा, खैनी चुरोट बिक्री गर्न पाइनेछैन । साथै कसैले पनि कुनै पनि सार्वजनिक स्थानमा खुल्ला रूपमा सेवन गर्न पाउनेछैन । अटेर गर्नेहरूलाई अनुगमन टोलीले ‘स्पट’ कारवाही गर्ने जनाइएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीव्यराज कट्टेलले ५ फागुनदेखि विराटनगर महानगर र त्यसपछि क्रमशः जिल्ला जिल्लामा घोषणा कार्यक्रम आयोजना गरेर क्रमशः एक नम्बर प्रदेशलाई नै सूर्ती र सूर्तीजन्य पर्दाथ सेवन बेचबिखन निषेधित क्षेत्र घोषणा गराउने योजना रहेको जानकारी दिए ।

अटेर गर्ने यसरी हुन्छ कारवाही
अटेर गरेर बिक्री र सेवन गर्नेहरू स्पट कारवाहीमा पर्नेछन् । अटेर गरेर सेवन गर्नेलाई पहिलोपल्ट एक सय रुपैयाँ जरिवाना गर्ने र सार्वजनिक स्थलबाट बाहिर निकाल्ने काम हुनेछ । सरकारी कर्मचारीले सेवन गरेमा विभागीय कारवाहीमा समेत पर्नेछन् । सूचना टाँस नगरी बिक्री गर्ने विक्रेता र विनाअनुमति उत्पादन गर्ने उद्योगीले पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवना तिर्नुपर्ने छ ।

सामाजिक विकास मन्त्रालयबाट सुरु गरियो निषेध अभियान
२४ चैत २०७५ मा एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले सूर्ती र सूर्तीजन्य पर्दाथ आदि लैजान र सेवन गर्न पूर्णनिषेध गराएको थियो । यसपछि सामाजिक मन्त्रालयले १ वैशाख २०७६ देखि प्रदेशभरिका जनस्वास्थ्य कार्यालय र निर्देशनालय अनि स्वास्थ्य विषय पढाइ हुने विद्यालयहरूमा पनि सूर्ती निषेध घोषणा गरेको थियो ।

२०७६ माघ तेस्रो हप्तादेखि प्रदेश राजधानीमा रहेका सबै मन्त्रालय र सरकारी कार्यालयहरूवरपर सय मिटर आसपास खैनी, चुरोट, गुट्खा, पान सेवन पूर्णनिषेध गराएको थियो । १३ माघमा बसेको एक नम्बर प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशलाई आगामी चैतसम्म सूर्तीजन्य पदार्थको नियमन र नियन्त्रण गर्ने कानूनको पूर्णपालना गराउने निर्णय गरेको थियो ।

Related Posts

युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
अन्तर्राष्ट्रिय

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने
ताजा समाचार

आजदेखि १२ वर्षमुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप

नेपालमा कोरोना संक्रमण घट्यो, जोखिम कायमै
स्वास्थ्य

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

स्वास्थ्य बीमा आफैँ बिरामी
स्वास्थ्य

स्वास्थ्य बीमा आफैँ बिरामी

कर्णालीमा कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी
स्वास्थ्य

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

झण्डै ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित
स्वास्थ्य

५ देखि ११ वर्षभित्रका बालबालिकालाई कोरोनाविरुद्ध खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१ फाल्गुन २०७६, बिहीबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१ फाल्गुन २०७६, बिहीबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१ फाल्गुन २०७६, बिहीबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१ फाल्गुन २०७६, बिहीबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१ फाल्गुन २०७६, बिहीबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१ फाल्गुन २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.