चिकेन झोल मःम नेपालीहरुको धेरै रोजाईमा पर्ने परिकार हो । खाजामा धैरे युवाको मन जित्न सफल यो परिकार कुनै खाजा घर वा होटेलमा मात्रै होइन घरमैं पनि तयार गरेर अघाउन्जेल खान सकिन्छ । यसलाई तयार गर्ने विधी यस्तो छ ।
सामग्री : गोलभेंडा १ सय ग्राम, लसुन १० ग्राम, नुन स्वादअनुसार, जिरा पाउडर, तिल १० ग्राम, बदाम २० ग्राम, हरियो धनियाँ ।
विधि : तेलमा लसुन फुराएर बदाम, गोलभेंडा, तिल, धनियाँ धूलो, नुन राखेर पकाउने र धनियाँ छर्किने । त्यसपछि मिक्सरमा पिसेर पुनस् पकाई तयारी मस्मलाई हाल्ने । यसरी जाडोमा तातो झोल मःमको मज्जा घरमै लिन सकिन्छ ।