आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

हानिकारक रंगीचंगी कपाल

होस्ट खबर by होस्ट खबर
२५ माघ २०७६, शनिबार
272
SHARES
415
VIEWS
FacebookTwitter
हानिकारक रंगीचंगी कपाल

कपालको प्राकृतिक रङलाई बदलेर विभिन्न रङमा परिणत गर्ने फेसन नै चलेको छ। कालो कपाल हुनुलाई राम्रो भन्ने सोचमा परिवर्तन आउन थालेको छ।

केही समयअघिसम्म किशोरकिशोरी र युवायुवतीको कपाल फुल्नुलाई राम्रो मानिँदैनथ्यो। तर, हिजोआज तन्नेरीहरू नै कपाल सेतो बनाएर हिँड्न थालेका छन्।

हेयर डाई अर्थात् कपाल रंगाउने दुई वटा तरिका छन्। एउटा प्राकृतिक तरिका र अर्को कृत्रिम। प्राकृतिक विधिमा मेहदीको पात पिसेर वा बजारमा पाइने मेहदीको पाउडर भिजाएर कपालमा लगाउने गरिन्छ। यसले कपालको प्राकृतिक रङ बदलेर अर्कै रङ बनाउँदैन। कपाललाई हल्का चम्किलो बनाउन मद्दत गर्छ।

कुनै कृत्रिम रङ मिसावट नगरिएको मेहदी लगाउँदा कपालमा कुनै हानि हुँदैन। तर, मेहदी लगाएर कपाल रंगाउने साह्रै कम हुन्छन्। कपालमा विभिन्न खालका कडा रङ प्रयोग गर्ने गरेको पाइन्छ। कृत्रिम तरिकाले कपाल तीन तरिकाले रंगाउने गरिन्छ। यो अस्थायी, अर्ध–अस्थायी र स्थायी किसिमको हुन्छ। रङ लगाएपछि दुई वा तीन पटकमा नुहाउँदा जाने रङ अस्थायी हो। पाँचदेखि १० पल्ट नुहाउँदा जाने अर्ध– अस्थायी हो भने कपाल बढ्दै जाँदा टुप्पातिर सर्दै जाने तर रङ भने नजाने खालको चाहिँ स्थायी हो। यी तीनै किसिमका रङ कपाल र हाम्रो स्वास्थ्यका लागि हानिकारक छन्।

अस्थायी रङले कपालको बाहिरी भागमा मात्र रङ दिने काम गर्छ। अर्ध–अस्थायी रङ केही मात्रामा कपालभित्र पस्छ। स्थायी रङ चाहिँ कपालभित्र गएर प्राकृतिक रङलाई ब्लिच गरेर रङअनुसारको कपालको रङ बनाउँछ। हामीले देख्ने गरेका गोल्डेन, ब्राउन, सेतो, हरियो रङ स्थायी हेयर डाईको परिणाम हो।

यस्ता रङमा एमोनिया, हाइड्रोजन पेरोअक्साइड र फिनाइलिन डाइमिनजस्ता रसायन हुन्छन्। एमोनियाले रौँको माथिल्लो भागमा रहेको प्रोटिनलाई सोसेर वा टुक्राएर कृत्रिम रङलाई कपालभित्र पठाउने काम गर्छ। हाइड्रोजन पेरोअक्साइडले रौँको प्राकृतिक रङलाई हटाएर कृत्रिम रङ बनाउँछ।

यी रङले कपाल र छालामा दुई तरिकाले असर गर्छन्। कपाल झर्ने, टुक्रिने, रुखो हुनेजस्ता असर तत्काल देखिन्छन्। रङको एलर्जी हुने सम्भावना बढी हुन्छ। डाबर आउने, चिलाउने, पानी भरिएको फोका उठ्नेजस्ता समस्या देखापर्छन्। यस्ता रङका कारण अनुहार नै सुन्निने सम्भावना पनि हुन्छ। दूरगामी असरका रूपमा कपालमा लगाएको रङ कपालको जरामार्फत अनुहार तथा घाँटीसम्मको छालामा थुप्रिँदै जान्छ। अनुहारदेखि घाँटीसम्मको छालाको रङ कालो देखिन्छ। आँखाको वरिपरि पनि कपालमा लगाएको रङ थिग्रिँदै जान्छ र कालो देखिन्छ। यस्तो अवस्थामा पुगेकाहरूको कुनै उपचार हुँदैन।

कपालमा लगाएको रङ अनुहार तथा घाँटीसम्म पुगेर छाला कालो भएकाहरू उपचारका लागि आउने गर्छन्। तर, यस्तो अवस्थामा उपचार गराएर खासै फाइदा हुँदैन।

गर्भवती महिलाले कपालमा यस्ता रङ प्रयोग गर्दा जन्मजात अपांगता भएका बच्चा जन्मिने, गर्भ तुहिने सम्भावना हुन्छ। हर्मोनसँग सम्बन्धित समस्या आउन सक्छ। कतिपयलाई रङमा हुने एमोनियाले श्वासप्रश्वाससम्बन्धी समस्या देखापर्न सक्छ। लामो समय हेयर डाई गराउँदा पिसाबथैली, स्तन तथा रक्त क्यान्सर हुने जोखिम बढ्ने विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ। त्यसैले फेसनेबल देखिने लोभमा स्वास्थ्यलाई हानि पुर्‍याउने यस्ता रङ प्रयोग गरेर कपाल रंगीचंगी नबनाउँदा नै राम्रो हुन्छ।
अन्नपूर्ण पोष्टको सम्पूर्णबाट

Related Posts

डस्की छालाका लागि मेकअप
फेशन/सौन्दर्य

डस्की छालाका लागि मेकअप

‘मिस नेपाल २०२०’ को घोषणा (सिधै अनलाइन मार्फत जान र मापदण्ड सहित)
फेशन/सौन्दर्य

‘मिस नेपाल २०२०’ को घोषणा (सिधै अनलाइन मार्फत जान र मापदण्ड सहित)

फेसनप्रेमी पोखरेली
फेशन/सौन्दर्य

फेसनप्रेमी पोखरेली

कुन रङको गुलाबको के अर्थ ?
फेशन/सौन्दर्य

कुन रङको गुलाबको के अर्थ ?

चाउरीपनको उपचार बोटोक्स के हो ?
फेशन/सौन्दर्य

चाउरीपनको उपचार बोटोक्स के हो ?

ट्याटु क्रेज : यस्ता छन् चर्चित डिजाइनहरु
फेशन/सौन्दर्य

ट्याटु क्रेज : यस्ता छन् चर्चित डिजाइनहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

२५ माघ २०७६, शनिबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२५ माघ २०७६, शनिबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

२५ माघ २०७६, शनिबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

२५ माघ २०७६, शनिबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

२५ माघ २०७६, शनिबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

२५ माघ २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.