बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकको काममा तिब्रता

होस्ट खबर by होस्ट खबर
२२ माघ २०७६, बुधबार
354
SHARES
359
VIEWS
FacebookTwitter
सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकको काममा तिब्रता

दैलेख : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकको काम अहिले धमाधम चलिरहेको छ ।

सदरमुकाम दैलेख बजारको मध्यभाग हुँदै कालिकोट र जुम्ला जोड्ने त्रिदेशीय सडकको कामलाई तीव्र पारिएको छ ।

दैलेख खण्डको भागमा रहेको कुसापानीदेखि बेहुलीको लेकसम्मको सडक खोल्ने काम सकिएको छ । कालिकोटको सिमानासम्म सडकको कच्ची मार्ग खोल्ने क्रम सकिएको छ ।

सुर्खेत हुँदै दैलेखको तल्लो ढुगेश्वर, दुल्लु भैरवी हुँदै कालिकोट जिल्ला जोड्ने सडकलाई प्रदेश सरकारले त्रिदेशीय सडक भनेर गत वर्षदेखि निर्माण शुरु गरेको हो ।

दैलेखको सिमाना कुसापानी व्याउलीको लेक हुँदै कालिकोटको पानतडीमा जोडिने तयारी थालिएको उक्त सडकको दैलेख खण्डको बाँकी रहेको काम सकिएको हो ।

ठेक्कामार्फत सञ्चालन हुने कामको गुणस्तर कायम गर्ने र प्रभावकारी सडक निर्माणका लागि जनप्रतिनिधिले नै सडकको प्रत्यक्ष अनुगमन गरिएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले जानकारी दिए। तत्कालीन सिञ्जा र दुल्लु राज्य हुँदा मानिस यही बाटोबाट आवतजावत गर्ने गर्थे ।

यो वर्ष दैलेखको सिमानासम्म काम भइसकेको र बाँकी रहेको करीब ३० किलोमिटर सडक सञ्जालमा जोडिएको खण्डमा कालिकोटको पानतडीमा कर्णाली राजमार्ग भेटिने छ । सडक सञ्चालनमा आए दैलेखको मध्यभागका बासिन्दालाई आवतजावतमा निकै सहयोग पुग्ने बुढाले जानकारी दिए ।

कामको रेखदेख हरेक वडा नजिक पर्ने स्थानमा पालिकाका सबै वडाध्यक्षमार्फत गरिएको छ । करीब १० मिटर सडक चौडा गर्ने क्रममा कतिपय स्थानीयवासीको घर, बार्दली फाल्नुपर्ने अवस्था आएपछि जनप्रतिनिधिको रोहवरमा सहजीकरण गर्दै सडक निर्माण प्रभावकारी बनाउन आफूहरू लागेको भैरवी गाउँपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहीले बताए ।

गत वषर्देखि कामले तीव्रता पाएको यो सडकमा प्रदेश सरकारले रु आठ करोड यो वर्ष विनियोजन गरेको छ । सांसद राजबहादुर बुढाले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत रु दुई करोड रकम विनियोजन गरेपछि ठेक्कामार्फत काम शुरु भएको हो । दुई लेनको सडक विस्तार भए दैलेख सदरमुकामको मध्यभाग हुँदै कालिकोट जुम्ला जाने यात्रुका लागि निकै सहज हुने देखिएको छ ।

दैलेख सदरमुकामको पश्चिमी भागबाट कर्णाली राजमार्ग सञ्चालन भएको १० वर्ष बढी भइसकेको छ । कर्णाली राजमार्गलाई केही समयअघि ‘मृत्युमार्ग’ भनेर परिचय दिनुपर्ने अवस्था थियो, अहिले पनि राजमार्गको स्तरोन्नति हुन नसकेका कारण समस्या कायमै छ । यही सडकबाट अहिले पनि निकै कष्ट गरेर यात्रुले यात्रा गर्नुपर्ने बाध्यता छ ।

दैलेख सदरमुकाम दैलेख बजारदेखि माहावु हुँदै कालिकोट जुम्ला जोड्ने सडक कालिकोटको सिमानासम्म पुगिसकेको छ ।

यो सडक पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण सडक मानिन्छ । यही सडकलाई सङ्घीय सरकारले मुख्य प्राथमिकतामा राखेर चीन नाग्चेनाग्लासम्म पुग्ने सडकका रूपमा विस्तार गरेको छ । दैलेख सदरमुकाम महावु जोड्ने सडकको स्तरोन्नति अहिलेसम्म भएको छैन ।

अहिले विस्तार गर्न थालिएको दुल्लु–भैरवी हुँदै कालिकोट पुग्ने सडक मध्यभाग भएर कालिकोट हुँदै जुम्ला जोड्ने तयारी प्रदेश सरकारले थालेको छ ।

दैलेखका तीनवटै स्थानबाट सडक सञ्चालन हुन सके सिङ्गो दैलेख सदरमुकामको आर्थिक अवस्था सुधार हुनुको साथै तीनवटै स्थानमध्ये पायक पर्ने स्थानबाट यात्रुलाई समेत सुरक्षित यात्राका लागि सहज हुने देखिन्छ । रासस /नरबहादुर रिजाल

Related Posts

अंश विवादमा बाबुको हत्या
ताजा समाचार

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
ताजा समाचार

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

कर्णाली प्रदेश सभाको बैठक स्थगित
ताजा समाचार

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति जुराइँदै

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न
अर्थ खबर

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति ५६ प्रतिशत

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार २२ गते बुधबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२२ माघ २०७६, बुधबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२२ माघ २०७६, बुधबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२२ माघ २०७६, बुधबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२२ माघ २०७६, बुधबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२२ माघ २०७६, बुधबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२२ माघ २०७६, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.