अछाम : छाउगोठ भत्काउने अभियानमा संलग्न एक प्रहरीमाथी नै हातपात भएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँ टोलमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी कुटिएका हुन् । जगढ चौकीमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैला माथी कुटपिट भएको हो ।
प्रहरीका अनुसार छाउगोठ भत्काउन गएका प्रहरीलाई स्थानीय धना साउँदले हातपात गरेकी थिइन । हातपात गर्ने साउँदलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।