सल्यान : एमसिसिको बिरुद्धमा सल्यानका युवाहरुले हस्ताक्षर संकलन गरेका छन । नेपालका लागी नेपाली अभियान्ताले सल्यान श्रीनगरको बसपार्कका हस्ताक्षर संकलन गरेका हुन ।
सुचना बिधेक तथा एमसिसि बिरुद्धको हस्ताक्षर अभियान लेखिएको ब्यानरमा करिब १५ सय जनाले हस्ताक्षर गरेको सल्यान संयोजक हेम राज वलीले बताए ।
सातदिन सम्म चलाएको हस्ताक्षर संकलन अभियान सल्यानमा शुक्रबार दिउसो २ बजे देखी चलाएको थियो । नेपालका लागी नेपाली अभियान्ताले थालेको हस्ताक्षर कार्यक्रमलाई भोली पनि निरन्तरता दिने बताएका छन । पछिल्लो समय एमसिसिका बिषयलाई लिएर बिभिन्न खालका बहस सुरुभएका छन ।
हस्ताक्षर संकलन कार्यक्रम नेपालभरि चलिरहेको र जिल्ला जिल्लामा संकलित हस्ताक्षर प्रमुख अभियान्ता ज्ञानेन्द्र शाहि मार्फत परराष्ट्र मन्त्रालयमा बुझाईने संयोजक वलीले जानकारी दिए ।