मेष
चु चे चो ला लि लु ले लो अ
स्वास्थ्यमा सुधार आउनेछ। सामूहिक कार्य सफल हनेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ। भूमि, वाहन तथा अचल सम्पत्तिको व्यापारमा लाभ हुनेछ। मित्रको सहयोग पाइनेछ। पदोन्नति हुने योग देखिन्छ। चञ्चलता बढ्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। प्रेमी–प्रेमिकाको सम्बन्ध थप घनिष्ट हुनेछ। स्फूर्ति बढ्नेछ।
कुम्भ
गू गे गो सा सी सु से सो द
स्वास्थ्य उपचारमा खर्च बढ्नेछ। यात्रा कष्टकर हुने देखिन्छ। पारिवारिक सद्भावमा विचलन आउनेछ। अचल सम्पत्ति क्षति हुन सक्छ। महत्त्वपूर्ण सभा– सम्मेलनमा सहभागी हुने अवसर पाइनेछ। सन्तानको भरपूर सहयोग प्राप्त हुनेछ। पढाइमा रुचि हुनेछैन। राजनीतिकर्मीका लागि साता फलदायी छैन। दाम्पत्य जीवन सुखमय रहनेछ।
बृष
इ उ ए ओ वा वी वु वे वो
अचल सम्पत्तिको कारोबार बढ्नेछ। शत्रु सबल हुनेछन्। दैनिक खर्च वृद्धि हुने र आयआर्जनमा गतिरोध आउने देखिन्छ। अनावश्यक विवाद बढ्नाले मानसिक तनाव होला। वैदेशिक यात्राको योग बन्नेछ। दुर्लभ वस्तुको प्राप्तिले मन प्रसन्न रहला। आँखामा समस्या देखिन सक्छ। व्यस्तता बढ्नेछ। पढाइमा मन लाग्नेछैन।
कर्कट
ही हु हे हो डा डि डु डे डो
छिमेकीसँग विवाद हुन सक्छ। सन्तानसुख प्राप्त होला। पारिवारिक सद्भाव बढ्नाले मन उत्साहित हुनेछ। वैदेशिक यात्राको योग रहेको छ। व्यावसायिक साझेदारी बढ्न सक्छ। दैनिक खर्च घट्नेछ। शत्रु परास्त हुनेछन्। प्रेमी–प्रेमिकाको सम्बन्ध प्रगाढ हुनेछ। स्मरणशक्ति क्षीण हुने देखिन्छ। नयाँ साथी बनाइनेछ।
मिथुन
का कि कु घ ङ छ के को हा
प्राविधिक कार्यमा सफलता पाइने देखिन्छ। आयआर्जनमा खास प्रगति हुनेछैन। आफन्तसँग मनमुटावको स्थिति रहला। आकस्मिक धनलाभ हुने देखिन्छ। शत्रु वृद्धि हुनेछन्। अध्ययनमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक कलहले गर्दा मन अशान्त रहला। जग्गा–जमिन किनबेच गरिएला। कृषिकार्यमा सफलता मिल्नेछ।
कन्या
टो प पी पु ष ण ठ पे मो
लामो समयदेखि अधुरो रहेको काम साथीको सहयोगमा यही हप्ता पूरा हुने देखिन्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। शारीरिक श्रम बढ्नेछ। साथीभाइसँग सम्बन्ध बिग्रन सक्छ। प्रेमी–प्रेमिकाबीच शंका बढ्न सक्छ। सामाजिक अपजश आउन सक्छ। धनको क्षति व्यहोर्नुपर्ला। साताको अन्त्यमा सामाजिक प्रतिष्ठा वृद्धि हुने देखिन्छ।
सिंह
मा मि मू मे मो टा टी टु टे
पारिवारिक कलहले तनाव हुनेछ। शिरको पीडा बढ्न सक्छ। मित्रसँग अनावश्यक विवाद उत्पन्न हुनेछ। रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ। अत्यन्त व्यस्त भइनेछ। खर्च बढ्नेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ। अध्ययनमा मन लाग्नेछैन। प्रेमी–प्रेमिकाबीच घनिष्टता बढ्नेछ। भूमि, वाहनको सुख प्राप्त हुने देखिन्छ।
बृश्चिक
तो ना नी नू ने नो या यि यु
आफन्तको भरपूर सहयोग पाइनेछ। समाजसेवामा सरिक भइनेछ। लेखनमा रुचि बढ्नेछ। सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ। आम्दानी घट्नेछ, खर्च बढ्नेछ। साताको अन्त्यमा भाग्योदय हुने योग छ। शैक्षिक नतिजा राम्रो हुनेछ। साथीसँग अनावश्यक विवाद हुन सक्छ। व्यर्थको यात्रामा भौँतारिनुपर्ला। शत्रु बलियो हुने देखिन्छ।
तुला
र री रु रे रो ता ती तू ते
प्रशासनले सताउन सक्छ। पारिवारिक सम्बन्ध सुखमय रहनेछ। आयआर्जनमा वृद्धि हुने देखिन्छ। महत्त्वपूर्ण कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। स्मरणशक्ति कमजोर हुन सक्छ। शत्रुहरू मित्रमा परिणत हुनेछन्। आफन्तको सहयोग अपेक्षा नगर्नु नै हितकार हुनेछ। छोटो विदेश यात्रामा सरिक भइनेछ। चोटपटक लाग्ने सम्भावना छ।
मकर
जो जा जी खी खू खे खो गा गी
व्यापारबाट सामान्य लाभ हुनेछ। उत्साह बढ्नेछ। छोटो र रमाइलो यात्रामा सरिक भइएला। स्वास्थ्य समस्याले सताउन सक्छ। जग्गा–जमिन कारोबारमा खासै लाभ हुने देखिँदैन। पारिवारिक सद्भाव कायमै रहनेछ। पदोन्नतिको योग छ। साताको मध्यतिर कठिन अवस्थाको सामना गर्नुपर्ने देखिन्छ। आफन्तको सहयोग पाइनेछ।
धनु
ये यो भा भि भु धा फा ढा भे
शारीरिक कान्ति बढ्नेछ। भरपूर मनोरञ्जन गरिनेछ। आयआर्जन सन्तोषजनक रहनेछ। यात्रा गर्दा खानपानमा विचार पुर्याउनुहोला। आफन्तको सहयोग पाइनेछ। बोलीको प्रभाव बढ्नेछ। शुभ कार्यमा सहभागी भइनेछ। साझेदारी कार्यबाट खासै लाभ हुने देखिँदैन। मानसिक थकान बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। पराक्रम बढ्नेछ।
मीन
दि दू थ भ ञ दे दो चा ची
शैक्षिक व्यवसायबाट लाभ प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध मधुर रहनेछ। सामूहिक कार्यको थालनी हुनेछ। स्वास्थ्य खराब हुँदा नियमित काममा बाधा पर्नेछ। सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ। यात्राबाट लाभ हुने देखिन्छ। राजनीतिकर्मीले साताको अन्त्यतिर असफलता भोग्नुपर्ला। कृषि व्यवसायबाट लाभ मिल्नेछ। न्यायिक कार्यमा सफलता पाइनेछ।