बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

हङकङमा कोरोनाको खोप भेटिएको दाबी, मर्नेको संख्या १ सय ३२ पुग्यो

होस्ट खबर by होस्ट खबर
१६ माघ २०७६, बिहीबार
347
SHARES
332
VIEWS
FacebookTwitter
हङकङमा कोरोनाको खोप भेटिएको दाबी, मर्नेको संख्या १ सय ३२ पुग्यो

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका अनुसन्धानकर्ताले बुधबार हाल विश्वमा सन्त्रास फैलाइरहेको कोरोना भाइरसको खोप आविष्कार गरेको दाबी गरेका छन्। तर तिनीहरूले यसको सफल परीक्षण गर्न केही समय लाग्ने बताएका छन्।

सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन््। हङकङ विश्वविद्यालयका प्राध्यापक युनले खोप तयार भइसके तापनि जनावरमा यसको परीक्षण गर्न लामो समय लाग्ने बताएका छन्।

चीनमा बुधबारसम्ममा १ सय ३२ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको खोप विकास गर्न मुख्य भूमि चीन र अमेरिकाका वैज्ञानिकहरू पनि लागिपरेका छन्।
यो खोप जनावरमा परीक्षण गर्न महिनौं लग्ने त्यसपछि मानिसमा प्रयोग गर्न अर्को एक वर्ष लाग्न सक्ने बताइएको छ।चीनको हुबेई प्रान्तस्थित वुहानबाट फैलिएको यो भाइरस दर्जनभन्दा बढी मुलुकमा पुगिसकेको छ।

यसबाट कम्तीमा ६ हजार मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि वुहान शहरलगायत अन्य केही शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ।

सिंगापुर र जर्मनीमा पनि यो भाइरसको घटना सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमा संक्रमित हुनेको संख्या पनि बढेको छ। चिनियाँ नयाँ चान्द्रिक वर्ष मनाउने समयमा कोरोना भाइरसले प्रकोपको रुप लिएको हो। यस पर्वको दौरान लाखौं चिनियाँ आफन्त र साथीहरूलाई भेट्न जाने गर्दछन्।

यस भाइरसको प्रसारमा रोक लगाउन सरकारले नयाँ वर्षको बिदा तीन दिन थपेर आइतबारसम्म लम्ब्याइएकोे हो। चीन सरकारले आफ्ना नागरिकलाई विदेश यात्रा नगर्नका लागि सचेत गराएको छ। अमेरिकी सरकारले पनि आफ्ना नागरिकलाई चीन यात्रा नगर्न सूचना जारी गरिसकेको छ।

विदेशीहरू चीनबाट फर्काइँदै

वुहान शहरबाट अहिले हजारौं संख्यामा विदेशी नागरिकलाई बाहिर लाने काम तिव्र गतिमा भइरहेको छ। अस्ट्रेलियाले चीनबाट ल्याइएका आफ्ना संक्रमणको आशंका गरिएका नाागरिकलाई मुख्यभूमिभन्दा २ हजार किमि टाढाको क्रिसमस टापुमा क्वारेन्टाइन गरिने बताएको छ।

त्यसैगरी जापान, संयुक्त राज्य अमेरिका र युरोपेली संघ (ईयू) पनि आफ्ना नागरिकलाई चीनबाट स्वदेश फर्काउँदै छन्। ब्रिटिस एयरवेजले चीनबाट आउने र जाने सम्पूर्ण उडान स्थगित गरेको छ।

बेलायतको विदेश मन्त्रालयले नभइ नहुने अवस्थामा बाहेक चीन भ्रमणमा नजान जनतालाई सूचना जारी गरेको छ। युनाइटेड एयरलायन्स र क्याथे प्यासिफिकलगायत थुप्रै एयरलायन्सले चीनतर्फका उडान रद्द गरिसकेका छन्।

यसैगरी शनिबारदेखि लायन एयरले पनि आफ्ना उडानहरू बन्द गर्दै छ। यसैबीच अस्ट्रेलियाली सञ्चार माध्यमले ओलम्पिक छनोट प्रतियोगिता खेल्न अस्ट्रेलिया आइपुगेका चीनको रष्ट्रिय महिला फुटबल टोलीलाई क्वारेन्टाइन गरिएको जनाएको छ।

खेलाडी तथा कर्मचारीसहितको ३२ जनाको टोलीलाई ५ फेब्रुअरीसम्म ब्रिस्वेनको एउटा होटेलमा छुटै राखिन लागेको बताइएको छ। यस टोलिले ३ फेब्रुअरीमा थाइल्यान्डसंग खेल्दै छ। यसैबीच चर्चित फर्निचर उत्पादन कम्पनी इकियाले चीन सरकारकै अनुरोधमा चीनमा रहेका आफ्ना ३० वटा स्टोर अनिश्चित कालका लागि बन्द गर्ने भएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का एकजना विशेषज्ञले कोराना भाइरसको महामारी चरमविन्दुमा पुग्न अझै दस दिन लाग्न सक्ने बताएका छन्। सार्स र इन्फ्लुएन्जा भाइरसले जस्तै यस नयाँ कोरोना भाइरस विशेष गरी उमेर ढल्केका र पहिलै कुनै रोग लागेर कमजोर अवस्थामा पुगेका व्यक्तिहरूलाई आक्रमण गर्ने बढी सम्भावना रहेको बताइएको छ।

वुहान शहरमा यात्रामा प्रतिबन्ध लगाइएपछि सुनसान देखिएको छ। सडक, खेलमैदान, सपिङ मललगायत जताततै सुनसान देखिन्छ भने कहिलेकाहीं एम्बुलेन्स दौडिएको देख्न सकिन्छ।

यसैबीच चीन सरकारले आगामी १० फेब्रुअरीसम्म शांघाईमा कार्यालय सञ्चालनमा रोक लगाएको छ। चिकित्सा र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा यो प्रतिबन्ध लागू हुने बताइएको छ।

चीनबाहेक यसअघि अमेरिका, थाइल्याण्ड, फ्रान्स र दक्षिण कोरियामा पनि यो भाइरसको संक्रमण देखिएको छ। तर कोरोना भाइरसका कारण चीनबाहिर अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन्।

Related Posts

कोरोनाबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको मृत्यु, अझै १ लाख मृत्यु संख्या नाघ्न सक्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

ट्रम्पको घरमा एफबिआइको छापा

मार्सल आर्ट्सका विश्व च्याम्पियन लिआन्ड्रोलाई प्रहरीले हाने गोली
अन्तर्राष्ट्रिय

मार्सल आर्ट्सका विश्व च्याम्पियन लिआन्ड्रोलाई प्रहरीले हाने गोली

नेपालमा भएको युरेनियम पदार्थ व्यवस्थित गर्न विज्ञको माग
अन्तर्राष्ट्रिय

नेपालमा युरेनियमको खोजिमा भारतीय सुरक्षाकर्मी सक्रिय

जापानमा रोजगारी दिने सहमति
अन्तर्राष्ट्रिय

जापानमा रोजगारी दिने सहमति

रुस-युक्रेन युद्ध रोकिने आशा बढ्यो
अन्तर्राष्ट्रिय

रुस-युक्रेन युद्ध रोकिने आशा बढ्यो

द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति
अन्तर्राष्ट्रिय

द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

१६ माघ २०७६, बिहीबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

१६ माघ २०७६, बिहीबार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

१६ माघ २०७६, बिहीबार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

१६ माघ २०७६, बिहीबार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

१६ माघ २०७६, बिहीबार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

१६ माघ २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.