शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

संसदमा प्रधानमन्त्रीको सम्बोधन : ‘एमसीसी पास गर्नुपर्छ, सविस्तार पछि भन्नेछु’

होस्ट खबर by होस्ट खबर
१४ माघ २०७६, मंगलवार
186
SHARES
322
VIEWS
FacebookTwitter
संसदमा प्रधानमन्त्रीको सम्बोधन : ‘एमसीसी पास गर्नुपर्छ, सविस्तार पछि भन्नेछु’

फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको चालू आर्थिक वर्षभित्रै अमेरिकाले गर्न लागेको अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित गर्नुपर्ने बताएका छन् ।

नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले संसदको चालू अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्नुपर्ने बताएका हुन् ।
देश विकासको लागि गति बढाएर काम गर्नुपर्ने उल्लेख गरेका प्रधानमन्त्री ओलीले केही काममा विलम्व भएको स्वीकार गरे ।

‘अलिकति विलम्व भएको छ, सभामुख चयनका विषयमा पनि । अब हामीले विलम्व गर्नु हुँदैन । संसद, सरकार सबैले तीव्र गतिमा हाम्रा काम अघि बढाउन जरुरी छ । नत्र हामी पछाडि पर्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘एमसीसी पारित गर्नु पर्नेछ, जसका सम्धन्बमा सविस्तार पछि भन्नेछु ।’

प्रधानमन्त्री ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटाले नियमसंगत तथा मर्यादित ढंगले संसद चलाउन भूमिका खेल्ने अपेक्षा लिएको पनि बताए । उनले आफ्नो तर्फबाट सभा सञ्चालनमा पूर्ण सहयोग हुने समेत बताए ।

राजनीतिक आन्दोलनको चरण पार गरेर अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देशलाई कसलाई अगाडि बढाउने सन्दर्भमा आजका प्राथमिकता के हुन्, आफ्ना काम र बिचारहरु केमा केन्द्रित हुनुपर्छ भन्ने कुरामा विचार गरेर अघि बढ्नुपर्छ भन्ने मैले देखेको छु । हाम्रो समाज पनि मेलमिलापयुक्त ढंगले अघि बढ्नेछ ।’

लोकतान्त्रिक तथा परिवर्तनकारी शक्तिहरु मिलेर अगाडि बढ्दा नै देशले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब पनि लोकतान्त्रिक तथा परिवर्तनकारी शक्तिहरु मिलेर जानुको विकल्प नभएको बताए ।

‘आईडीयोलोजिकल मतभेदमा अल्झेर सत्यभन्दा माथि अलमलिने कुरा राम्रो हुन्न । दुनिया तीव्र गतिमा अघि बढिरहेको छ । विकास, विज्ञान प्रविधि अनेक हिसाबले अघि बढेको छ । यसलाई पक्डिन सकेनौं भने समयले हामीलाई पर्खने छैन । सबैलाई मेरो आग्रह छ, आज हामी यस गतिलाई समाउन सकौं ।

विकासको यस गतिलाई समाउन सकौं । त्यसको नेतृत्व अहिलेको सरकारले गर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधानको कार्यान्वयन र त्यअनुसारको कानून निर्माणमा सरकार प्रतिवद्ध छ । यतिबेला स–साना र अनावश्यक कुरामा अल्झिनु उपयुक्त हुँदैन ।’

प्रधानमन्त्री ओलीले आफूले केही दिन पछि संसदको समय लिएर वर्तमान राजनीतिको अवस्था र चर्चामा रहेका विभिन्न विषय र सरकारले गर्ने कामका सन्दर्भमा विस्तारमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने पनि बताए ।

Related Posts

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
भर्खर

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
भर्खर

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

१४ माघ २०७६, मंगलवार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

१४ माघ २०७६, मंगलवार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

१४ माघ २०७६, मंगलवार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

१४ माघ २०७६, मंगलवार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

१४ माघ २०७६, मंगलवार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

१४ माघ २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.