काठमाडौं : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । चीनको हुबेई प्रान्तबाट फैलन सुरु कोरोना भाइरसबाट चार हजारभन्दा बढी मानिसहरु सङ्क्रमित भएका छन् । चीनमा कोरोना भाइरस तिव्र गतिमा फैलन थालेपछि केहि शहरमा यात्रामा पनि प्रतिबन्ध गरिएको जनाइएको छ ।
भाइरस फैलन थालेपछि चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि पछि सारिएको छ । अहिले चीनका केहि शहरहरु सुनसान भएका छन् । सडकमा एम्बुलेन्स दौडिएको मात्र देख्न थालिएको छ ।
चीन सरकारले नागरिकलाई विदेश यात्रा पनि नगर्न सचेत गराएको छ । कोरोना भाइरस अहिलेसम्म अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्स लगायत बिभिन्न देशमा देखिएको छ ।