काठमाडौं :नवनिर्वाचित सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
आज राष्ट्रपति निवासमा एक समारोहमाझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनीधिसभाका सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो।
सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
सापकोटाले सभामुख सपथ खाइरहँदा राष्ट्रपति निवास बाहिर विरोध प्रदर्शन गरेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।