पोखरा : एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपीटको आरोपमा पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) ६ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङ्गे लाई ६ हजार रुपैयाँ धरौटीमा छाडेको हो ।
एन्फा कास्कीका अध्यक्ष गुरुङलाई कुटपीट गरेको भोलिपल्ट मनाङ्गे पक्राउ परेका थिए । प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो ।
पिटाइ खाएका भनिएका मिलन गुरुङ भने चेक बाउन्सको आरोपमा थुनामै छन् ।