बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

के मास्कले कोरोना भाइरसको संक्रमणलाई रोक्छ?

कमला गुरुङ by कमला गुरुङ
१२ माघ २०७६, आईतवार
439
SHARES
388
VIEWS
FacebookTwitter
के मास्कले कोरोना भाइरसको संक्रमणलाई रोक्छ?

चीनमा अधिकांश मानिसले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्कको प्रयोग गर्छन्। तर के मास्कले कोरोना भाइरसको संक्रमणलाई रोक्छरु

सायद यसले रोक्छ। तर विज्ञहरुले भने कोरोना भाइरसको संक्रमणबाट बच्न मास्कको प्रयोगसँगै साबुन पानीले हात धुनु महत्वपूर्ण भएको बताएका छन्।

कोरोना भाइरसको संक्रमणबाट बच्न चीनको युहान प्रान्तका स्थानीयलाई सर्जिकल मास्कको प्रयोग गर्न चिनिया अधिकारीहरुले सुझाव दिएका छन्।

तर प्रश्न यो छ की – के यसले काम गर्छ रु
सस्तो नष्ट गर्न सकिने मास्कलाई राम्रोसंग प्रयोग गर्न सके विभिन्न संक्रमणलाई रोकथाम गर्न सकिने अधिकांश सरुवा रोग विशेषज्ञको भनाई छ। ती मास्कलाई राम्रोसंग नाक र मुख छोपिने गरी दैनिक प्रयोग गनुपर्ने उनीहरुले बताएका छन्। तर यसको प्रभावकारीता बारे हालसम्म कुनै वैज्ञानिक प्रमाण नभेटिएको विज्ञको तर्क छ। सर्जिकल मास्कको लगातार प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी र बिरामीलाई विभिन्न संक्रमण र बिरामी हुनबाट जोगाएको पाइएको विभिन्न अध्ययनले देखाएको छ।

पब्लिक हेल्थ कमिटि फर द इन्फेक्सस डिजिज सोसाइटी अफ अमेरिकाका अध्यक्ष डा। जुली भ्यासम्पायनले भने, ‘सर्जिकल मास्क साँच्चै सुरक्षाको अन्तिम लाइन हो।’

‘मास्कको प्रयोग गरेका कारणले मात्र संक्रमणबाट सुरक्षित छौं भन्ने महसुस गरेका मानिसहरु प्रति हामी चिन्तित छौ’, उनले भने, ‘मास्कको प्रयोग गर्नुभन्दा राम्रोसंग हात धुनु र संक्रमित व्यक्तिबाट टाढा रहनु महत्वपूर्ण तरिका हो।’

‘किनभने सर्जिकल मास्क नाक र मुखमा फिट गर्न सकिदैन। मुखमा केही ग्याप हुने गर्छ। त्यसैले तपाईले हावाबाट आएका विभिन्न कणलाई फिल्टर गर्न सक्नु हुन्न,’ उनले भने।

मास्कको प्रयोगले मानिसको हाछ्यु र खोकीको छिटा नाक र मुखमा प्रवेश गर्नबाट रोक्ने जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीका सरुवा रोग विशेषज्ञ डा। अमेश अडल्जाले बताए। उनले भने, ‘कोरोना भाइरस मुख्य गरी खोकी र हाछ्युको छिटाबाट सर्ने गर्छ।’

मानिसले मास्कको प्रयोग सही तरिकाले गर्न नसक्नु सबैभन्दा ठुलो समस्या हो। ‘धेरै मानिसहरुले मास्क लगाए पनि मुखमा हात लैजाने र नाक चलाउने गर्छन्। जसका कारण संक्रमण फैलिन सक्ने खतरा रहन्छ’ डा। अडल्जाले भने ‘मोबाइल फोनमा कुरा गरेको बेला पनि तपाईले मास्क हटाउनु हुँदैन।’

ह्यामिल्टनस्थित म्याक मास्टर युनिभर्सिटीका सरुवा रोग विशेषज्ञ डा मार्क लियोबले सार्स कोरोना भाइरसको संक्रमण भएको बेला मास्कका कारण श्वासप्रस्वासको माध्यमबाट स्वास्थ्यकर्मीमा हुन सक्ने संक्रमणको जोखिम करीब ८५ प्रतिशतले कम गर्न सकिएको बताएका छन्।

‘सबैभन्दा महत्वपूर्ण सन्देस थियो की कुनै पनि मास्कको लगातार सही प्रयोगले जोखिम कम गर्न सकिन्छ’ उनले भने।

संक्रमित व्यक्तिले सर्जिकल मास्कको प्रयोग गर्दा अन्य व्यक्तिमा संक्रमण फैलने सम्भावना कम हुन्छ। द सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले ज्वरो र श्वासप्रश्वास सम्बन्धी बिरामी र युहानको भ्रमणबाट आएका व्यक्तिलाई सर्जिकल मास्कको प्रयोग गर्न अस्पताललाई निर्देशन दिएको छ। बिरामीको नजिक जाँदा मास्कभन्दा पनि रेस्पिरेटर फिल्टर ९मास्कभन्दा सुरक्षित विशेष खालको सामग्री० को प्रयोग गर्न स्वास्थ्यकर्मीलाई सिडीसीले सुझाव दिएको छ।

संक्रमणबाट जोगिन समय–समयमा र खाना खानुभन्दा पहिले हात धुनुपर्ने विश्वव्यापी सुझाव छ। श्वासप्रश्वास सम्बन्धी भाइरसबाट बच्नको लागि ह्यान्ड स्यानिटाइजर प्रभावकारी मानिन्छ। कम्तीमा पनि २० सेकेण्डसम्म औलाको बीच भाग र हत्केलामा मिचिमिचि साबुन पानीले हात धुन विज्ञको सुझाव छ।

‘अनुहारबाट हात टाढा राख्नु अति आवश्यक छ’, डा। भ्यासम्पायनले भने, ‘श्वासप्रश्वास सम्बन्धी भाइरस छालाबाट नभई नाक, आँखा र मुखबाट सर्ने गर्छ। त्यसकारण मास्कको सही प्रयोग र सरसफाईंमा विशेष ध्यान दिन आवश्यक छ।’

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ।

अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। जुन पहिले मानिसमा पहिचान भएको थिएन। डब्लुएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ।

कोरोना भाइरसका मुख्य लक्षण
ज्वरो आउने, श्वासप्रस्वासमा अत्याधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ। कोरोना भाइसर प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिएका तुरुन्त चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ।

कोरोना भाइरस लाग्नै नदिन के गर्ने?
नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु रअन्डा राम्रोसँग पाकेको मात्र खाने।

– (न्यूयोर्क टाइम्स र विश्व स्वास्थ्य संगठनको रिपोर्टमा आधारित/ स्वास्थ्य खवर डटकम)

Related Posts

महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह
भर्खर

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस
भर्खर

लोकगीत प्रतियोगिता सहित बागीनाले मनायो धान दिवस

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !
भर्खर

फिल्म कार्यशालामा मुख्यमन्त्री शाहीको डाइलग : कर्णालीलाई कम्जोर नसम्झ, तिम्रो हेर्ने नजर परिवर्तन गर !

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का
भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

१२ माघ २०७६, आईतवार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

१२ माघ २०७६, आईतवार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

१२ माघ २०७६, आईतवार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

१२ माघ २०७६, आईतवार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

१२ माघ २०७६, आईतवार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

१२ माघ २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.