मेष
चु चे चो ला लि लु ले लो अ
अल्झिएका कार्य आफन्तको सहयोगले सुचारु हुनेछन्। सवारीसाधन तथा घरघडेरी किनिएला । पारिवारिक सुख प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। अध्ययन–अध्यापनमा प्रगति हुनेछ। कार्य व्यस्तताले गर्दा मानसिक थकान बढ्नेछ। अधुरा कार्य सुचारु हुनेछन्। दैनिक कार्यमा अनावश्यक विवादको सामना गर्नुपर्ला। कृषि कार्यबाट सफलता मिल्ला।
कुम्भ
गू गे गो सा सी सु से सो द
अध्ययन–अध्यापनमा मन जानेछ। समाजमा बोलीको कदर हुनेछ।सूचनाको आदानप्रदानबाट महŒवपूर्ण कार्य बन्नेछ। टाढिएका मित्रसँग भेट हुनाले खुशी भइनेछ। शैक्षिक क्षेत्रमा लगानी गरिनेछ। आफन्तको सहयोगले महŒवपूर्ण कार्यको थालनी गरिएला। कूटनीतिक कार्यमा उल्झनको सामना गर्नुपर्ने देखिन्छ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।
बृष
इ उ ए ओ वा वी वु वे वो
स्वास्थ्यमा समस्या देखिन सक्छ। साथीभाइको सहयोग पाइनेछ। घरमा मंगल कार्य हुने देखिन्छ। सामाजिक कार्यमा खर्च गरिएला। जागिरमा पदोन्नति हुनेछ। यो साता यात्रा गरिएला। कलाकारिता क्षेत्रमा प्रगति हुनेछ। व्यवसायबाट लाभ प्राप्त हुनेछ। आफन्तजनको सहयोगले शत्रु परास्त हुनेछन्। राजनीतिमा विवाद बढ्ला।
कर्कट
ही हु हे हो डा डि डु डे डो
अध्ययन–अध्यापनमा सुधार आउनेछ। सामाजिक कार्यमा सहभागी भइनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारिक सद्भाव बढ्ला। सञ्चार क्षेत्रमा काम गर्नेका लागि साता राम्रो छ। अनावश्यक चिन्ताले सताउनेछ। महŒवपूर्ण कार्य बन्नेछ। आयआर्जन सामान्य रहला। विलासिताका सामान खरीद गरिनेछ। प्रेमी–प्रेमिकाको सम्बन्धमा प्रगाढता आउनेछ।
मिथुन
का कि कु घ ङ छ के को हा
न्यायसम्बन्धी कार्यमा सफलता हात लाग्ला। जागिरमा पदोन्नतिको योग रहेको छ। राजनीतिबाट सोचेजस्तो सफलता मिल्ने देखिँदैन। व्यवसायबाट उचित प्रतिफल मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। अध्ययन–अध्यापनमा सुधार हुनेछ। आफन्तको सहयोग पाइएला। सांगीतिक क्षेत्रमा प्रगति हुनेछ। महŒवपूर्ण जिम्मेवारी पाइनेछ। दाम्पत्य जीवन सुखमय रहला।
कन्या
टो प पी पु ष ण ठ पे मो
कलकारखानामा गरिएको लगानीबाट लाभ पाइनेछ। जागिरमा पदोन्नतिको योग रहेको छ। मान–सम्मान पाइने देखिन्छ। सभा–सम्मेलनमा सहभागी भइनेछ। कानुनी बाधा–अड्चनले गर्दा तनाव हुनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउला। सामाजिक कार्यमा सहभागी भइएला। चञ्चलताले सताउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
सिंह
मा मि मू मे मो टा टी टु टे
मंगल कार्यमा सहभागी हुने अवसर पाइएला। शिक्षा क्षेत्रमा लगानी गर्ने अवसर जुर्ला। विलासिताका वस्तु खरीद गरिनेछ। प्रेमी–प्रेमिकाबीच तनाव उत्पन्न हुन सक्छ। मान्यजनबाट सहयोग पाइनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। वैदेशिक यात्राको अवसर मिल्ने देखिन्छ। यो साता नयाँ कार्य नथाल्नु नै उचित हुनेछ।
बृश्चिक
तो ना नी नू ने नो या यि यु
सिर्जनात्मक कार्यमा रुचि बढ्ने देखिन्छ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ। साथीभाइको सहयोग प्रशस्त पाइनेछ। पराक्रम बढ्नुका साथै अचल सम्पत्तिको उपभोग गर्न पाइनेछ। खेलकुदमा मन जानेछ। कूटनीतिक कार्यमा जोखिम लिनुपर्ला। राजनीतिक कार्य गर्दा सचेत रहनुहोला। साझेदारी कामबाट लाभ मिल्नेछ। मान–सम्मान वृद्धि हुनेछ।
तुला
र री रु रे रो ता ती तू ते
मित्रको सहयोगले महŒवपूर्ण कार्य बन्नेछ। वैदेशिक रोजगारीमा सफलता हात लाग्नेछ। शारीरिक सौन्दर्य वृद्धि हुनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। व्यवसायबाट लाभ हुनेछ। सामाजिक कार्यमा अपजसको सामना गर्नुपर्ला। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। दाम्पत्य जीवन सुमधुर रहला। आयआर्जन सामान्य रहनेछ। छोटो दूरीको यात्रा हुन सक्छ।
मकर
जो जा जी खी खू खे खो गा गी
स्वास्थ्यमा सुधार आउने देखिन्छ। आफन्तसँगको सम्बन्धमा आंशिक सुधार आउनेछ। यात्रा गर्दा विचार पुर्याउनुहोला। राजनीतिक अन्योल बढ्ने देखिन्छ। कूटनीतिक प्रयासबाट काम सफल हुनेछ। बोलीको प्रभाव रहनेछ। रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ। मंगल कार्यमा सहभागी हुने अवसर पाइनेछ। वैदेशिक रोजगारीमा सफलता हात लाग्नेछ।
धनु
ये यो भा भि भु धा फा ढा भे
सवारीसाधन किनिनेछ। स्वास्थ्य समस्याले सताउला। पारिवारिक जिम्मेवारी बढ्नेछ। औषधिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ। कूटनीतिक तरिकाले महŒवपूर्ण काम बन्नेछ। यात्राको योजना बन्नेछ। सांगीतकर्मीका लागि साता शुभ छ। खानपानमा खर्च बढ्नेछ। राजनीतिक झन्झटको सामना गर्नुपर्ला। दाम्पत्य जीवन सुखमय रहला।
मीन
दि दू थ भ ञ दे दो चा ची
सामाजिक पद–प्रतिष्ठा बढ्नेछ। धनलाभ हुनेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आन्तरिक कलहको सामना गर्नुपर्ला। राजनीतिक दायित्व बढ्नेछ। रोजगारीमा अनावश्यक वादविवाद उत्पन्न हुन सक्छ। अचल सम्पत्ति खरीद–बिक्री गर्दा कानुनी अल्झनको सामना गर्नुपर्ला। मान्यजनको सहयोगले महŒवपूर्ण कार्यमा सफलता मिल्नेछ। शिक्षामा प्रगति होला।