सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोनाभाइरस : हामी कति चिन्तित हुनु पर्छ?

होस्ट खबर by होस्ट खबर
१० माघ २०७६, शुक्रबार
221
SHARES
344
VIEWS
FacebookTwitter
कोरोनाभाइरस : हामी कति चिन्तित हुनु पर्छ?

बीबीसी : विज्ञानलाई हालसम्म थाहा नै नभएको एउटा भाइरसले चीनमा अहिले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको छ र त्यो रोग विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ।

मध्य चीनको वुहान शहरमा डिसेम्बरमा पहिलो पटक देखा परेको कोरोनाभाइरसको सङ्क्रमणका कारण २५ जनाको ज्यान गएको खबर प्राप्त भएका छन्।

यो भाइरसले सयौँ जनालाई सङ्क्रमित तुल्याइसकेको छ र विज्ञहरूले त्यो सङ्ख्या अझै बढिइरहने बताइरहेका छन्।

बिरामीलाई निमोनिया गराउँने नयाँ भाइरस विश्वभरिका स्वास्थ्य अधिकारी तथा विज्ञहरूका लागि चिन्ताको विषय हो। त्यसैले उनीहरू उच्च सतर्कताको अवस्थामा छन्।

तर के यो कोरोनाभाइरस सङ्क्रमण आज देखिएर भोली नै हराउँने खालको हो वा अझ खतरनाक कुनै रोग वा महामारीको पहिलो लक्षण हो?

विश्व स्वास्थ्य सङ्गठन के भन्छ?
विश्व स्वास्थ्य सङ्गठनले अहिले देखिएको नयाँ भाइरसको सङ्क्रमण चीनको लागि सङ्कटकाल भए पनि त्यो बाँकी विश्वका लागि त्यस्तो नभइसकेको बताएको छ।

जिनिभामा दोस्रो दिनको बैठकपछि डब्लूएचओले चीनमा कोरोनाभाइरस सङ्क्रमण रोक्न चालिएका कदमहरूको चर्चा गर्दै त्यो विश्वका अन्य देशहरूमा सीमित मात्रामा मात्रै देखिएको बताएको छ।

बीबीसीकी विश्व स्वास्थ्य संवाददाता टुलिप मजुमदर भन्छिन्, ूप्रारम्भिक अध्ययन अनुसार यो भाइरस सरेका व्यक्तिहरूबाट निकै कम मानिसमा भाइरस सरिरहेको देखिएको छ। सङ्क्रमितमध्ये एक चौथाइको मात्र ज्यान गइरहेको छ।ू

उनका अनुसार विज्ञहरूको अहिलेको निष्कर्ष के हो भने यो प्राणघातक भाइरस होइन।

चीनमा यो भाइरसबाट सङ्क्रमित हुनेको सङख्या बढिरहेको छ। अन्य एशियाली देश र अमेरिकामा पनि यो भाइरस पुगिसकेको छ। जापानमा दोस्रो सङ्क्रमितको उपचार भइरहेको घोषणा गरिएको छ।

यो भाइरस के हो?
चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोनाभाइरसका कारण भइरहेका छन्। यसक्रममा देखिएका धेरैमध्ये छ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन्।

अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ।

सन् २००२ मा सार्स भन्ने भाइरसको महामारीले झन्डै आठ हजार एक सय जनालाई सङ्क्रमित तुल्याएको थियो। ती मध्ये सात सय ७४ जनाको ज्यान गयो।

वेलकम ट्रस्ट नामक संस्थाकी डक्टर रोजी गोल्डिङको भनाइमा ‘सार्सको बलियो स्मृति अझै बाँकी नै छ र अहिले देखिएको त्रास त्यसैको एक प्रभाव हुन सक्छ।’

तर अहिले चिकित्सकहरू यस्ता सङ्क्रमणसँग जुध्न धेरै नै तम्तयार भइसको उनले बताइन्।

लक्षणहरू कस्ता हुन्छन्?
कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ।

तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिएका बिरामीमा पनि भेटिने गरेको विज्ञहरू बताउँछन्।

एडिनबरा विश्वविद्यालयका प्राध्यक मार्क वुलहाउसका अनुसार अहिले देखिएका बिरामीमा रुघाखोकीको जस्तै लक्षण देखिन्छन् र त्यो चाहिँ चिन्ताको विषय हो।

तर यो सङ्क्रमण सार्सको सङ्क्रमण जति गम्भीर प्रकृतिको नहुने उनको भनाइ छ।

यो कति घातक छ?
कोरोनाभाइरसको सङ्क्रमणका कारण अहिलेसम्म २५ जनाको ज्यान गएको छ। त्यो भनेको जम्मा सङ्क्रमितको तीन प्रतिशत मात्रै हो।

तर यो सङ्क्रमण प्राणघातक बन्न केही समय लाग्ने भएकोले ज्यान जानेको सङ्ख्या अझै बढ्ने भय व्यक्त भइरहेका छन्।

अहिले सम्म ८३० जना सङ्क्रमित भएका विवरण प्राप्त भएका छन्।

त्यसमाथि चिकित्सकहरूले थाहै नपाएको सङ्क्रमण कति छ भन्ने अझै प्रष्ट भइसकेको छैन।

यो कहाँबाट आयो?
नयाँ भाइरसहरू जुन बेला पनि देखिइरहन्छन्।

उनीहरू एउटा प्रजातिबाट फरक बन्दै मानव शरीरमा प्रवेश गर्छन्।

नटिङ्घम विश्वविद्यालयका भाइरसविद् प्रोफेसर जोनाथन बलको भनाइमा ‘अहिले देखिएको भाइरस यदि कोरोनाभइरस हो भने त्यो कुनै जनावरको खोरबाट आएको हुनु पर्छ।’

सार्स भाइरस वनमा पाइने सानो बिरालोबाट मानवमा प्रवेश गरेको थियो।

सन् २०१२ तिर मध्यपूर्वमा देखिएको मेर्स सार्ने भाइरस चाहिँ उँटबाट मानिसमा सरेको थियो।

त्यसले सङ्क्रमित झन्डै तीन हजार मध्ये आठ सय ५८ जनाको ज्यान लिएको थियो।

कुन जनावर?
विज्ञहरू भन्छन् एक पटक जनावरको खोर र तिनलाई राखिने स्थानको खोजी गरियो भने समस्याको जरो थाहा पाउन सजिलो हुन्छ।

कोरोनाभाइरस चाहिँ वुहान शहरको समुद्री माछा होलसेल बजारबाट आएको हुन सक्ने अनुमान गरिएको छ।

कसरी सर्छ?
चिनियाँ स्वास्थ्यविद् भन्छन्- यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ।

कोरोनाभाइरसको यो नयाँ सङ्क्रमणका कारण मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्छ।

विज्ञहरूले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन भिडभाडयुक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किदा मास्क लगाउन सुझाव दिएका छन्।

ज्वरो र रुघाखोकी लागेमा सावधान रहन र चिकित्सकको परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ। बीबीसी बाट साभार

Related Posts

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन
ताजा समाचार

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

प्रधानमन्त्री ओली पुगे शीतल निवास
ताजा समाचार

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य
ताजा समाचार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

जीर्ण बन्दै कर्णाली पुल
ताजा समाचार

जीर्ण बन्दै कर्णाली पुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

१० माघ २०७६, शुक्रबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

१० माघ २०७६, शुक्रबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

१० माघ २०७६, शुक्रबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

१० माघ २०७६, शुक्रबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

१० माघ २०७६, शुक्रबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

१० माघ २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.