आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

राष्ट्रिय सभाका १८ सिटका लागि आज मतदान

होस्ट खबर by होस्ट खबर
९ माघ २०७६, बिहीबार
196
SHARES
369
VIEWS
FacebookTwitter
राष्ट्रिय सभाका १८ सिटका लागि आज मतदान

राष्ट्रिय सभाका १८ सिटका लागि मतदान आज हुँदै छ । राष्ट्रिय सभामा २० फागुनदेखि रिक्त हुने १८ पदका लागि निर्वाचन हुन लागेको हो।

मतदानका लागि स्थानीय तह सदस्य तथा प्रदेश सभाका मतदाताहरू सम्बन्धित प्रदेशको निर्वाचन केन्द्रमा भेला भइसकेका छन्। मतदानका लागि निर्वाचन आयोगले आज बिहान १० देखि अपरान्ह ४ बजेसम्म समय तोकेको छ।

सातवटा प्रदेशका ५५० प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता रहेको आयोगले जानकारी दिएको छ । एउटा मतदानस्थलमा दुई वटा मतदान केन्द्र राखिएको र त्यसका लागि आवश्यक सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।आयोगले प्रदेश १ का लगि मोरङको विराटगर, प्रदेश २ का लागि धनुषाको जनकपुर, बागमती प्रदेशका लागि ललितपुर महानगरको ललितपुर र गण्डकी प्रदेशका लागि पोखरामा निर्वाचन केन्द्र तोकेको छ।

यस्तै, प्रदेश ५ का लागि दाङको घोराही, कर्णाली प्रदेशका लागि वीरेन्द्रनगरको सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि डोटीको सिलगढीमा मतदान केन्द्र तोकेको छ । निर्वाचनमा नेकपाका १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चाका दुई जना गरी जम्मा ४५ जना उम्मेद्‌वार रहेका छन्।

निर्वाचनका लागि प्रदेश २ मा नेकपा(राजपा र कांग्रेस(समाजवादीले तालमेल गरेका छन् । प्रदेश २ मा रिक्त चार पदका लागि नेकपा(राजपाले दुईरदुई र कांग्रेस(समाजवादीले दुईरदुई पदका लागि तालमेल गरेका हुन् । सातवटा प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्फ दुई, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ दुई र अन्य समूहतर्फ सात पदका लागि निर्वाचन हुनेछ।

जसमा महिला समूहतर्फ १६, दलित समूहतर्फ पाँच, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ पाँच र अन्य समूहतर्फ १९ जना उम्मेद्‌वार कायम भएका आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेका डा। युवराज खतिवडा (अर्थमन्त्री) को पदावधि २० फागुनमै सकिँदैछ। रिक्त हुने जम्मा १९ पदमा १८ जना निर्वाचित भएर आउनेछन्। एकजनालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यदेवी भण्डारीले नियुक्त गर्ने छन् । यो खवर आजको नयाँ पत्रिकामा छापिएको छ ।

Related Posts

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !
पत्रपत्रिका

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
ताजा समाचार

२६ नपा र १९ गापाले ल्याएनन् बजेट

सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन
ताजा समाचार

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि पुनः निर्वाचित

टिमलाई एकढिक्का बनाएर अगाडि बढ्न् नेताहरूको सुझाव
ताजा समाचार

संसदीय समिति छल्दै प्रधानमन्त्री

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

सरकारसँग राष्ट्रपति असन्तुष्ट

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय
ताजा समाचार

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

९ माघ २०७६, बिहीबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

९ माघ २०७६, बिहीबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

९ माघ २०७६, बिहीबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

९ माघ २०७६, बिहीबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

९ माघ २०७६, बिहीबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

९ माघ २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.