काठमाडौं : चीनमा देखिएको कोरोना भाइरस विश्वभर फैलिने खतरा बढेको चिनले चेतावनी दिएकोछ । उक्त भाइरस फैलन नदिने प्रयास भइरहेका बेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन्।
चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको बताइएको छ।
अधिकारीहरूले मान्छेबाट मान्छेमा त्यो भाइरस सरेको पुष्टि मङ्गलवार गरेका थिए। ४४० जनामा कोरोना भाइरस भएको पुष्टि समेत भएको बीबीसीले उल्लेख गरेको छ ।
कोरोना भाइरस मानवदेखि मानवसम्म सरेको पाइएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीले चीन रोकथाम र नियन्त्रणको सबैभन्दा कठिन चरणमा रहेको बताएका छन् ।
अमेरिकामा पनि फैलियो
कोरोना भाइरस अमेरिकामा पनि पुगेको छ । गत जनवरी १५ मा चीनबाट फर्किएका करिव ३० बर्षका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको हो । कोरोनाबाट पीडित भनिएका ती व्यक्तिका परिचय भने अहिलेसम्म गोप्य नै राखिएको छ । यो दक्षिण कोरियामा पनि फैलिसकेको छ । नेपालमा पनि फैलन सक्ने खतरा रहेको छ ।
तस्विर : बीबीसी /गेटी इमेज