सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातै प्रदेशमा बाल अस्पताल बन्ने

होस्ट खबर by होस्ट खबर
५ माघ २०७६, आईतवार
173
SHARES
326
VIEWS
FacebookTwitter
डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातै प्रदेशमा बाल अस्पताल बन्ने

 

हाम्रो देशमा बाल स्वास्थ्यबारे थुप्रै काम भएका छन्। प्राथमिक तहमा खोप लगाउनेदेखि अन्य कुरामा प्रगति भएको छ।

तर त्यतिले मात्र पुग्दैन। उपचारको क्षेत्रमा पनि त्यतिकै स्तर बढ्दै जानुपर्छ। विभिन्न विशेषज्ञ एउटै थलोमा बसेर काम गर्ने माहोल बन्नुपर्छ। नत्र बालस्वास्थ्यलाई धेरै माथि लैजान सकिन्न भन्ने सबैलाई थाहा छ।

म पनि विभिन्न कारणले बाल स्वास्थ्यसँग जोडिएको छु। बालबालिकाको मुटुको अपरेशन गर्नेमध्येको एक चिकित्सक हुँ।

हुन त मैले युवा र वृद्धहरूको पनि अपरेशन गर्छु तर बच्चाहरूमा मेरो विशेष चाख र दख्खल छ।

नेपालमा सरकारी स्तरको कान्ति बाल अस्पताल एउटा छ। त्यहाँको क्षमता र अहिलेको जनशक्तिले गर्दा हामीले सोचेजस्तो सम्पूर्ण विशेषज्ञतासहित एउटै छानामुनि सेवा दिन सकिरहेको छैन।

त्यसले दिन सुरू गरे पनि अपर्याप्त हुन्छ। त्यसैले काठमाडौंमा बहुविशेषज्ञसहितको अस्पताल र प्रत्येक प्रदेशमा अस्पताल बनाउने हाम्रो योजना छ।

ती अस्पतान गैरनाफामूलक र सामाजिक सेवा गर्ने खालका हुनेछन्।

यो कठिन काम हो किनकी पैसा जम्मा गर्न कठिन छ। यसलाई सञ्चालन गर्न पनि कठिन छ।

यस्तो अस्पताल देशलाई चाहिन्छ भन्नेमा हामी सबै विश्वस्त भएकाले यसलाई गम्भीर रूपमा लिएका छौं।

हामी धेरै अगाडि बढिसकेका छौं। सरकारले केही जग्गा भाडामा दिएको छ। हामी डिजाइनिङको चरणमा छौं। रकम संकलन गर्दैछौं, यसमा बढी चासो हुनेहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

८ महिनापछि हामी निर्माणमा जान्छौं। त्यसपछि प्रदेशहरूमा यसलाई विकेन्द्रीकरण गर्दै जानुपर्छ। यो महत्वपूर्ण र महत्वकांक्षी दुबै हो।

गैरनाफामूलक भनेको सित्तैमा उपचार गर्ने भन्ने होइन। विशेषगरि कमजोर वर्गलाई पैसा नभए पनि उपचार गराउन पाइयोस् भनेर हामीले यो काम गर्न लागेको हो। सरकारले दिने सेवा सुविधालाई यसमा समावेश गर्न सकियो र मानिसलाई बीमाको योजनामा पार्न सकियो भने यो काम सहज हुनेछ।

हामीले विभिन्न तरिकाले अस्पतालको आम्दानी गराएर कमजोर आर्थिक अवस्था भएकालाई नि:शुल्क र अन्यलाई सर्वसुलभ तरिकाले उपचार गराउन खोजेको हो।

सञ्चालन खर्च उठाउनु चुनौतीपूर्ण छ तर विभिन्न तरिकामा गयौं भने अस्पताल स्थापित हुन सक्छ।

नेपालमा करिब सवा करोड बालबालिका छन्। सवा करोडको उपचार गर्ने कति केन्द्र छन्? एकदमै कम छन्।

त्यसैले यो काम गर्न जरूरी छ। सरकारले पहल गरे त झन् राम्रो हो। सरकारका प्राथमिकता विभिन्न छन्। हामीलाई पनि जाँगर छ, सरकारी जागिरबाट अवकास पाए पनि अझै बुद्धि भ्रष्ट भएको छैन। हामीलाई लामो समय सेवा गर्ने रहर छ तर म एक जनाले गरेर हुने होइन।  मेरो पछाडि ठूलो टिम छ।

यो अस्पतालमा हामी उपचारमात्रै होइन, तालिम र क्षमता वृद्धिका कुरा पनि गर्छौं। स्थानीय तहका अन्य अस्पतालसँग मिलेर काम गर्ने, उपचार र रोकथाममा पनि जोड्छौं। एउटै छानामुनि विशेषज्ञसहितको उपचार पनि दिन्छौं।

नेपाल सरकारले बाल स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ। त्यो प्राथिमकता प्राथमिक उपचार र निरोधात्मक खोपहरूमा केन्द्रीत छ। यसमा नेपालले उल्लेख्य नतिजा ल्याएर अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएको छ। तर त्यसले पुग्दैन, सिकिस्त रोग लाग्ने हजारौं छन्। उनीहरूका लागि पनि ध्यान दिनुपर्छ।

यो मेरो ‘प्यासन’ हो, आवश्यकता हो र भित्रैबाट महसुस गरेको पीडा हो। बालबालिकाको मुटु ठीक गर्न पनि अरू उपचारमा ध्यान दिनुपर्छ।

मैले नेतृत्वदायी भूमिका खेल्ने हो। विशेषज्ञहरू धेरै हुन्छन्। पूरा समय व्यवस्थापनमा बस्ने मेरो चाहना पनि होइन। नेतृत्व गर्ने भनेको दैनिक त्यहीँ बस्ने भन्ने होइन।

मैले यसअघि पनि विभिन्न अस्पतालमा व्यवस्थापकको काम गरेको छु। मैले गरेअनुसार काम भएको छ।

नतिजा राम्रो आयो र विशेषज्ञता पनि भयो भने त्यो राम्रो हुनेछ। म त्योभन्दा कम व्यवस्थापकीय भूमिकामा बस्न खोजेको हो। त्यो त परिस्थितिले देखाउला। हामीजस्ता विज्ञले दिने सेवालाई व्यवस्थित गर्न खोजेको हो।

सेतोपाटी बाट

Related Posts

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन
ताजा समाचार

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

प्रधानमन्त्री ओली पुगे शीतल निवास
ताजा समाचार

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य
ताजा समाचार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

जीर्ण बन्दै कर्णाली पुल
ताजा समाचार

जीर्ण बन्दै कर्णाली पुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

५ माघ २०७६, आईतवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

५ माघ २०७६, आईतवार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

५ माघ २०७६, आईतवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

५ माघ २०७६, आईतवार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

५ माघ २०७६, आईतवार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

५ माघ २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.