बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अपराधीले टाउको उठाउने मौका पाउँदैनन् : महानिरीक्षक खनाल

होस्ट खबर by होस्ट खबर
५ माघ २०७६, आईतवार
307
SHARES
325
VIEWS
FacebookTwitter
अपराधीले टाउको उठाउने मौका पाउँदैनन् : महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने बताएका छन्। तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको आज भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाले अपराधीलाई सजाय दिन प्रहरी प्रतिबद्ध रहँदै आएको बताए ।

समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको र उक्त अभियानले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पु-याएको महानिरीक्षक खनालको भनाइ थियो । विकास निर्माणका लागि सुरक्षा स्थिति सुदृढ बनाउने बताउँदै महानिरीक्षक खनालले भने, “विकास निर्माण र शान्ति सुरक्षा एक अर्काका पुरक हुन्, विकास निर्माणमा अवरोध हुन दिन्नाै ।

महानिरीक्षक खनालले समाजमा सुरक्षा प्रदान गर्ने प्रहरी आफैँ सुरक्षित हुनुपर्ने भएकाले जीर्ण रहेका प्रहरी कार्यालयको भवन निर्माणलाई तीव्रता दिइएको बताए । प्रहरी कार्यालयलाई पूर्वाधारयुक्त र सुविधा सम्पन्न बनाउन नयाँ प्रहरी कार्यालय भवन निर्माणलाई समेत अगाडि बढाइएको उनको भनाइ छ ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नागरिक र प्रहरीको सहकार्यले अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सम्भव रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आम नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रहरीको कार्यसम्पादनमा निर्माण हुन लागेको भवनले सहयोग पुग्ने बताए

रु दुई करोड ६८ लाख ३६ हजार १२२ को लागतमा निर्माण हुन लागेको भवन २०७७ पुस २६ गतेसम्म सम्पन्न हुने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । काभ्रेस्थित ब्राइट मल्टी कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मेवारी पाएको छ ।

साढे दुई तल्लाको भवनको भूइँतलामा हिरासत कक्ष, सुरक्षा गार्ड कक्ष, पहिलो तल्लामा व्यारेक र दोस्रो तल्लामा सञ्चार कक्ष र कार्यालय प्रमुखको आवास रहनेछ । मजुवा सामुदायिक वनको स्वामित्वमा रहेको जीर्ण घर भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएको छ ।

विसं २०१५ मा प्रहरी चौकीको रुपमा स्थापना भएको कार्यालय विसं २०५५ मा इलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । हाल इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ । उक्त कार्यालयले भानु मुकाम डुम्रेबाट पनि सेवा प्रवाह गर्दै आइरहेको छ ।

Related Posts

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन
ताजा समाचार

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र
ताजा समाचार

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द
ताजा समाचार

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.सं. २०७९ असार १६ गते बिहीबार, आजको राशिफल

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
ताजा समाचार

कर्णालीमा आज सार्वजनिक बिदा

महाकाली नदीमा खतराको सङ्केत, चेत रहन आग्रह !
ताजा समाचार

टनकपुर सन्धि भएको २६ वर्षपछि नेपालमा पानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

५ माघ २०७६, आईतवार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

५ माघ २०७६, आईतवार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

५ माघ २०७६, आईतवार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

५ माघ २०७६, आईतवार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

५ माघ २०७६, आईतवार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

५ माघ २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.