सुर्खेत : वीरेन्द्रनगर–६ मा रहेको सिटीबसपार्क तोडफोड भएको छ । सोमबार राती युवाहरुको समूहले तोडफोड गरेको हो । तोडफोडबाट बसपार्कका झ्याल र ढोकाहरु फुटेका छन् ।
घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर–६ का लोमन थापा र वीरेन्द्रनगर–१० का सुरेश बोगटीलाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक एवम् अनुसन्धान अधिकृत भरत शाहले जानकारीको जानकारी अनुसार तोडफोडमा संलग्न एक जना फरार भने फरार रहेका छन् ।
फरार व्यक्तिको विवरण भने प्रहरीले खुलाएको छैन् । तोडफोडबाट बसपार्कमा रहेको टिकट काउन्टर भवनको मुख्य ढोकासहित आधा दर्जन झ्यालहरुको सिसामा क्षती पुगेको छ । तोडफोडबाट तीन लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ ।