काठमाडौं : पश्चिमी वायुको सक्रियताका कारण आज साँझदेखि पश्चिमी पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ।
आज दिउँसोदेखि देशको पश्चिमी भेगमा मौसम बदली भई पानी पर्ने उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार काठमाडौं उपत्यकामा सामान्य हुस्सु लागेपनि तराई भेगमा भने बाक्लो हुस्सु लागेकाले मौसम खुलेर घाम लाग्ने सम्भावना पनि निकै कम छ।
आज मध्य र पूर्वी भूभागमा सामान्यतः मौसम सफा रहने अनुमान गरिएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ ।