काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएइ) ले नेपाललाई फोहोरबाट बिजुली निकाल्न दिने एक करोड डलर (एक अर्ब १३ करोड) सहुलियत कर्जा दिएको छ ।
राजधानी आबुधावीमा विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभा अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत उक्त रकम दिने घोषणा भएको हो ।
नेपालले उक्त रकम स्वीकार गरेको जनाएको छ । नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले सहयोग स्वीकार गरेका हुन् ।
रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै मल उत्पादनका क्षेत्रमा पनि काम गरिनेछ ।
सहुलियतपूर्ण कर्जामा नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा छानिएका थिए ।