बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको चाहना सभामुखमा शिवमाया, प्रचण्डले के गर्लान् ?

होस्ट खबर by होस्ट खबर
२६ पुष २०७६, शनिबार
230
SHARES
397
VIEWS
FacebookTwitter
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको चाहना सभामुखमा शिवमाया, प्रचण्डले के गर्लान् ?

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्नेबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र रस्साकस्सी र सकसको अवस्था रहिरहेको अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नै कुनैपनि हालतमा आफूले राजीनामा नदिने अडान लिएकी छिन् ।

शिवमायाले हिजो (शुक्रबार) नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेरै आफूले कुनैपनि हालतमा उपसभामुखबाट राजीनामा नदिने र सभामुख हुन आफू नै योग्य रहेको भन्दै योग्यतापनि पेश गरेकी छिन् । शिवमायाको पछिल्लो कदम स्वभाविक नभएको भन्दै नेकपाकै शीर्ष नेताहरु आश्चर्यमा परेका छन् ।

तर, शिवमायाको राजीनामा नदिने पछिल्लो कदम र अडानका पछाडि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ रहेको स्रोतको दाबी छ । सभामुखमा कुनैपनि हालतमा सुवासचन्द्र नेम्वाङलाई ल्याउने ओलीको चाहनामा अर्का अध्यक्ष दाहाललगायत अन्य नेताहरु बाधक बनेका थिए । यसबारेमा ओली पहिल्यै नै सचेत थिए ।

सोहीअनुसार उनले नेम्वाङको नाममा सहमति नगर्ने भए शिवमायालाई नै सभामुखमा ल्याउने तयारी गरेका थिए । केही दिन अघिमात्रै पूर्व माओवादी केन्द्रका नेता एवम् नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पनि यसको संकेत गरेका थिए । उनले पत्रकार ऋषि धमलासँगको कुराकानीमा सभामुख को बन्ने भन्ने कुरा अब उपसभामुखको कोर्टमा बल रहेको बताएका थिए ।

राष्ट्रपति भण्डारीले त सुरुदेखि नै शिवमायालाई नै सभामुख बनाउनको लागि आफ्नो तर्फबाट होमवर्क गरेको टिकाटिप्पणी भैरहेको थियो । अर्का अध्यक्ष दाहालले ओलीसँग सभामुख चयनलगायत अन्य विषयमा आफ्नो चट्टानी अडान कायम राखेपछि पूर्व नेकपा एमालेका नेताहरुले आन्तरिक गृहकार्य गरेर नै यो निर्णय निकालेको बुझ्नमा आएको छ । अध्यक्ष दाहालले नेता वामदेव गौतमको भैंसेपाटीस्थित् निवासमा ओलीविरोधी नेताहरुको भेला गराएका थिए । आफूविरुद्ध मोर्चाबन्दी कस्न थालेको भेउ पाएका ओलीले पनि सभामुखमा शिवमायालाई नै अघि बढाएर गतिलो जवाफ फर्काएका छन् ।

संसदको सबैभन्दा ठूलो दल भएको कारण नेकपाले सभामुख पाउने हो । यसको लागि उसले वर्तमान उपसभामुख शिवमायाको राजीनामा गराउनुपर्ने हो । संसद बैठक भोलि बस्दैछ । तर, अहिलेसम्म शिवमायाले राजीनामा दिएकी छैनन् । उनले सभामुखमा आफ्नोबारेमा निर्णय नगरे भोलि बस्ने संसद बैठकमार्फत सभामुख चयनको निर्वाचन प्रक्रियाको थालनी गर्ने चेतावनी दिईसकेकी छिन् । पूर्व माओवादी केन्द्रका नेताहरुले सभामुख आफूहरुले पाउनुपर्ने अडान लिएका थिए । यसको लागि अग्निप्रसाद सापकोटा, पम्फा भुषाल र देव गुरुङको नाम चर्चामा थियो ।

कतिपयले त उपसभामुखले सभामुख चयनको निर्वाचन प्रक्रिया अघि बढाए नेकपाले सभामुख पद गुमाउनेसमेतको तर्क गरेका छन् । संविधानले सभामुख र उपसभामुख फरक दल र फरक लिङ को हुनुपर्ने व्यवस्था गरेको छ । यदि, शिवमायाले राजीनामा नदिए नेकपाले सभामुख पद गुमाउने पनि नेकपाभित्रकै कानूनका ज्ञाताहरुले टिप्पणी गर्न थालेका छन् ।

तर, नेकपा नेतृत्व कुनैपनि हालतमा सभामुख गुमाउने पक्षमा छैन् । त्यही बुझेर शिवमायाले पनि उपसभामुखबाट राजीनामा नदिने निश्कर्षमा पुगेकी हुन् । उनले आफ्नो पक्षमा पार्टी नेतृत्वले निर्णयमा पुग्ने विश्वास लिएकी छिन् । सभामुख कसलाई बनाउने भन्नेबारे नेकपाले आज निर्णय गर्दैछ । त्यसको लागि उसले आज दिउँसो ४ बजे बैठक बोलाएको छ । रिपोटर्स नेपालबाट

Related Posts

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

प्रतिनिधि सभा बैठक बस्दै

सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी
ताजा समाचार

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने
ताजा समाचार

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २५ गते बुधबार, आजको राशिफल

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

मंसिर १ गतेदेखि मौन अवधि सुरु हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

२६ पुष २०७६, शनिबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२६ पुष २०७६, शनिबार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

२६ पुष २०७६, शनिबार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

२६ पुष २०७६, शनिबार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

२६ पुष २०७६, शनिबार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

२६ पुष २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.