तुलसीपुर : मौसम बद्ली भई अत्याधिक चिसो बढेपछि दाङ तुलसीपुरका विद्यालय २ दिनका लागि बन्द गरिएको छ । तुलसीपुर उपमहानगरपालिका नगर शिक्षा महाशाखाले अत्याधिक चिसो बढेकाले नगर क्षेत्रका विद्यालय २ दिन बन्द गर्ने जानकारी दिएको हो ।
बर्षे विदा कट्टी हुने गरी बिहिबार र शुक्रबार विदा दिइएको महाशाखाले विहिबार सूचना जारी गरी जानकारी दिएको छ । चिसोमा बालबालिकाको स्वास्थ्यमा समस्या आउन सक्ने र उनीहरुको उपस्थिती पनि न्यून हुने कारणले यसो गरिएको महाशाखाले जनाएको छ ।