सिमकोट : एकसातादेखि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट सञ्चारबिहिन भएको छ । कालिकोटको माहबु लेखमा रहेको रिपिटर टावरमा चट्याङले बिग्रारेपछि जिल्ला सदरमुकाम सिमकोट एकसातादेखि सञ्चारबिहिन बन्न पुगेको हो ।
टेलिकमको नमस्ते, ल्याणडलाइन फोन, एडिएसएल र एनसेलको टावरले काम नगरेपछि जिल्ला सदरमुकाम सिमकोट सञ्चारबिहिन हुन पुगेकाले समस्या भोग्नु परेको सेवाग्राहीको भनाई छ ।
एकसातादेखि सञ्चारबिहिन भएपछि जिल्लाका सञ्चारकर्मीले समेत समस्या भोग्न पुगेकोे सञ्चारकर्मी पदमराज हमालले जनाए ।
टेलिफोन सेवा र इन्टरनेट सेवा नहुँदा सरकारी तथा गैहसरकारी कार्यालय र स्थानीय सेवाग्राही मर्कामा परेका छन । जिल्लामा रहेकाका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, साग्रिला विकास बैंक, सिटिजन बैंक, निर्धन उत्थान विकास बैक लगायतका बैक तथा वितिय संस्थामा इन्टरनेट नचल्दा उनीहरुको सेवा बन्द हुन पुगेको छ ।
फोटो : नरजन तामाङ