सुर्खेत : पश्चिमी न्युन चापीय प्रणालीले भोलिदेखि देशभरको मौसम प्रभावित हुने भएको छ । उक्त प्रणालीले शुक्रबारसम्म देशका विभिन्न भुभागमा हिमपात र वर्षा गराउने मौसम विभागले जनाएको हो ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी शुक्रबारसम्म देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदलि रही पश्चिमी उच्च हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू(भागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।
आज सोमबार मध्यान्ह पछि पश्चिमी भुभागबाट प्रवेश गर्ने मौसम प्रणाली राती अबेरसम्म देशभर फैलिएर पश्चिमका थोरै स्थानहरुमा र मध्य र पुर्वी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम विभागको पुर्वानुमान छ । शनिबारदेखि भने मौसम सफा हुने विभागले उल्लेख गरेको छ ।