शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

इरानले ट्रम्पको टाउकोको मूल्य १० अर्ब तोक्यो

होस्ट खबर by होस्ट खबर
२१ पुष २०७६, सोमबार
242
SHARES
332
VIEWS
FacebookTwitter
इरानले ट्रम्पको टाउकोको मूल्य १० अर्ब तोक्यो

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य तोकिएको छ । इरानी जनरल कासिम सुलेमानीको अन्तिम संस्कारको क्रममा यो मूल्य तोकिएको हो ।

इरानले ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर (करिब १० अर्ब नेपाली रुपैयाँ)  तोकिएको बेलायती मिडिया मिररको एक रिपोर्टमा उल्लेख छ ।

जनरल सुलेमानीको अन्तिम संस्कार टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । यस क्रममा इरानको आधिकारिक प्रसारकले प्रत्येक इरानी नागरिकले एक डलर जम्मा गर्ने घोषणा गरेका छन् ।

यो रकम ती व्यक्तिलाई दिइनेछ जसले अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या गर्नेछन् । २०१७ को तथ्यांकअनुसार इरानको कूल जनसंख्या ८ करोड ११ लाख ६० हजार छ । ती सबैले १–१ डलर रकम जम्मा गर्नेछन् ।

‘इरानको जनसंख्या ८० मिलियन छ। इरानी जनसंख्याको आधारमा हामीले ८० मिलियन डलर डलर जम्मा गर्न चाहन्छौं । यो रकम ती व्यक्तिलाई पुरस्कारस्वरुप दिइनेछ जसले अमेरिकी राष्ट्रपति ट्रम्पको अन्त्य गर्न सक्नेछन्’ जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा यस्तो घोषणा गरिएको थियो । इरानी कुद्स फोर्सका कमाण्डर मेजर जनरल सुलेमानीलाई शुक्रबार बिहान अमेरिकाले ड्रोन आक्रमणमा मारिदिएको थियो ।

जनरल कासिम सुलेमानीको शव आइतबार इरान पुगेको थियो । आइतबार तेहरानमा सुलेमानीको शवयात्रामा विशाल जुलुस निस्किएको थियो । जुलुसको सुरुवात अहवाजबाट भएको थियो । अहवाजमा हजारौंको संख्यामा इरानीहरु जम्मा भएका थिए । उनीहरुले अमेरिका, इजरायल र साउदी अरबविरुद्ध नारा लगाए । इजरायल र साउदी इरानका क्षेत्रीय दुश्मन हुन् र उनीहरु पनि वर्षौंदेखि सुलेमानीको हत्या गर्न प्रयासरत थिए ।

सुलेमानीको पार्थिव शरीरसँगै इराकको पपुलर मोबिलाइजेशन फ्रन्टका डेपुटी कमाण्डर अबु महदी अल मुहान्दिसको शव पनि इरान ल्याइएको थियो । उनको शव डीएनए परीक्षणको लागि ल्याइएको थियो । अबु महदी पनि अमेरिकी आक्रमणमा सुलेमानीसँगै मारिएका थिए । मुहान्दिस इराकको पपुलर मोबिलाइजेशन फ्रन्टका सेकेण्ड इन कमाण्ड थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लगातार इरानलाई धम्की दिइरहेका छन् । आफ्नो टाउकोको मूल्य तोकिएपछि पनि उनले ट्वीट गर्दै इरानले अमेरिकी प्रतिष्ठान वा नागरिकलाई कुनै क्षति पुर्याएमा तत्कालै खतरनाक जवाफ दिइने बताए । ट्रम्पले अमेरिकाले सैन्य उपकरणमा मात्र २ ट्रिलियन डलर गर्च गरेको बताउँदै आफूहरु संसारमा सबैभन्दा ठूलो र सबैभन्दा राम्रो भएको समेत बताए । ट्रम्पले एकपछि अर्को गर्दै लगातार ट्वीट गरिरहेका छन् । उता इरानले पनि २०१५ मा भएको परमाणु सम्झौताको कुनै पनि शर्तको बन्धन अब आफूले नमान्ने घोषणा गरिसकेको छ । इरानको घोषणासँगै अमेरिकासँग उसको तनाव अझै बढ्ने अनुमान गरिएको छ ।

शुक्रबार अमेरिकाले इरानी जनरल कासिम सुलेमानीको हत्या गरेसँगै इरानले अमेरिकासँग बदला लिने चेतावनी दिएको थियो । लगत्तै शनिबार र आइतबार राती इरानले लगातार बगदादमा अमेरिकी दूतावास र बलाद एयरबेसमा रकेट आक्रमण गर्यो । यो आक्रमणपछि अमेरिका पनि आक्रोशित भयो र खुलेर मैदानमा आयो । अमेरिकी राष्ट्रपटि ट्रम्पले आफ्नो सेनाले ५२ इरानी बेसको पहिचान गरिसकेको बताउँदै इरानले अमेरिकालाई नोक्सान पुर्याउने काम गरेमा यी ५२ वटै बेस उडाइदिने धम्की दिए । फ्लोरिडामा विदा मनाइरहेका अमेरिकी राष्ट्रपटि ट्रम्पले त्यहीँबाट इरानलाई धम्की दिन सुरु गरेका थिए ।

ट्रम्पको धम्कीसँगै इरान सक्रिय भएको छ । मध्यपूर्वमा इरान पनि कम शक्तिशाली छेन । मध्यपूर्वमा इरान समर्पित प्रोक्सी फोर्सले विनाश मच्चाउन सक्न्े अनुमान गरिएको छ । यमनमा इरानलाई हुती विद्रोहीको समर्थन प्राप्त छ । यस्तै लेबनानमा हिजबुल्लाह र इराकमा शिया मिलिसियाले इरानलाई समर्थन गर्छन् । युद्धको स्थिति आउन लागेपछि युरोपेली संघ सहित कैयौं देशहरुले शान्ति बहालीको अपिल गरेका छन् । युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बरेलले शनिबार तनाव घटाउनुपर्नेमा जोड दिए । उनले दुवै देशसँग शान्ति बहालीको अपिल गरेका छन् ।

इरानी विदेश मन्त्री मोहम्मद जावेद जरीफसँग बेल्जियमको राजधानी ब्रसेल्समा छलफल गरेपछि बरेलले ट्वीट गर्दै छलफलमा तनाव घटाउनेतर्फ जोड दिइएको जानकारी दिए । चीनका विदेशमन्त्री वांग यीले अमेरिकालाई सैन्य शक्तिको गलत प्रयोगमा नियन्त्रण गर्न सल्लाह दिएका छन् । वांग यीले रुसका विदेशमन्त्री सर्गेइ लावरोभसँग फोनमा यस विषयमा कुराकानी पनि गरेका छन् । यस क्रममा उनले सैन्य दुस्साहस कुनै पनि स्थितिमा स्वीकार्य नहुने बताएका थिए ।

सिरियाको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै इरान र इराकप्रति समवेदना व्यत्तिः गरेको छ । उसले वक्तव्यमा अमेरिकाको आलोचना गरेको छ । वक्तव्यमा इराकको अस्थिरताको कारण अमेरिका भएको आरोप लगाइएको छ । बतार र लेबनानको विदेश मन्त्रालयले पनि वक्तव्य जारी गरेर सम्बद्ध सबै पक्षहरुसँग संयमका साथ अगाडि बढ्न अपिल गरेका छन् । उनीहरुले मध्यपूर्वमा स्थिति नबिग्रियोस भन्नेतर्फ ध्यान दिन अपिल गरेका छन् । डीसी नेपाल बाट साभार

Related Posts

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का
भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश
ताजा समाचार

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

कांग्रेस सभापति देउवाले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री
भर्खर

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
भर्खर

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२१ पुष २०७६, सोमबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२१ पुष २०७६, सोमबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२१ पुष २०७६, सोमबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२१ पुष २०७६, सोमबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२१ पुष २०७६, सोमबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२१ पुष २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.