शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

राष्ट्रिय परिचय–पत्र अब स्थानीय तहबाट

होस्ट खबर by होस्ट खबर
२१ पुष २०७६, सोमबार
404
SHARES
489
VIEWS
FacebookTwitter
राष्ट्रिय परिचय–पत्र अब स्थानीय तहबाट

भद्रपुर  : नेपाल सरकारले हाल १६ जिल्लामा वितरण गर्दै आएको राष्ट्रिय परिचय–पत्रलाई द्रुत गति दिन स्थानीय सरकारलाई प्रयोग गर्ने भएको छ ।

झापासँगै पाँचथर, सङ्खुवासभा, सप्तरी, महोत्तरी, ललितपुर, रसुवा, चितवन, स्याङ्जा, तनहुँ, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, अछाम र कञ्चनपुरमा यो अभियान सञ्चालन भइरहेको छ ।

सञ्चालन भएकामध्ये झापा, सङ्खुवासभा, ललितपुर, चितवन, गुल्मी र कञ्चनपुर जिल्लामा घरदैलो अभियान सञ्चालन गर्ने तयारी भएको छ । राष्ट्रिय परिचय–पत्र पञ्जीकरण विभागले आइतबार भद्रपुरमा आयोजना गरेको राष्ट्रिय परिचय–पत्र व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममार्फत् यस्तो जानकारी गराएको हो ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले कार्यपत्र प्रस्तुत् गर्दै उपस्थित स्थानीय तहका जनप्रतिनिधि, प्रहरी प्रशासन, सञ्चारकर्मीलगायतलाई परिचय–पत्रको आवश्यकता र विधिका बारेमा जानकारी गराएका थिए ।

परिचय–पत्र वितरणका लागि स्थानीय तहका वडातहसम्म चार जनाका दरले तथ्याङ्क सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमार्फत् विभागमा पुग्ने गरी व्यवस्थापन मिलाइने उनले बताए । आउँदो २०७७ को असार मसान्तसम्ममा झापालगायत केही जिल्लाहरूमा परिचय–पत्रको काम सम्पन्न गरिसक्ने गरी योजना अघि सारिएको र सो को व्यवस्थापन जिल्ला प्रशासन कार्यालयमार्फत् हुने उनले जनाए । सरकारले शुरु गरेको यो अभियान आउँदो २०८०÷८१ सम्ममा सम्पन्न गरिसक्ने उल्लेख गरेका थिए ।

परिचय–पत्रका विषयमा स्थानीय तहका जनप्रतिनिधिले अन्यौलता प्रकट गर्दै पूर्णरूपमा जनप्रतिनिधिलाई ज्ञान नभएमा फस्न सक्ने उल्लेख गरेका थिए । वडाध्यक्ष कुलबहादुर पौडेल, बन्धु कार्की, कृष्ण सिग्देल, विनोदकुमार पोखरेल, राजेन्द्र योङ्हाङले जिज्ञासा राखेका थिए भने पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले विभागको गति हेर्दा १० वर्षसम्ममा पनि सबै नागरिकले परिचय–पत्र पाउन नसक्ने ठोकुवा गरे । योग्य दर्ता सहयोगी नभएका कारण धेरै विवरण गल्ती हुनसक्ने उनीहरूलेजनाएका थिए ।

जिज्ञासाको बारेमा निर्देशक न्यौपानेले प्रष्ट पारेका थिए । प्रमुख जिल्ला अधिकारी उदय राना मगरको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । झापामा राष्ट्रिय परिचय–पत्र वितरण कार्य शुरु गरेको ६ महिना बिते पनि नागरिकले यसको महŒव चाल नपाएर र प्रचार–प्रसारको कमी भएका कारण यसले गति लिन सकेको छैन । जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले चन्द्रगढीस्थित तत्कालीन प्रमुख जिल्ला अधिकारीको आवास गृहमा असार ९ गतेबाट शुरु भएको परिचय–पत्र दर्ताका क्रममा मङ्सिरसम्म ११ हजारले दर्ता गराए पनि एक हजारले मात्र पाएका छन् ।

नागरिकका जैविक तथा वैयक्तिक विवरण र विद्युतीय चिप एवम् सुरक्षणसहितको राष्ट्रिय परिचय–पत्र हुने बताइएको छ । नेपालका प्रत्येक नागरिकको परिचय खुल्नेगरी अभिलेख राख्ने प्रणालीको विकास गर्न सबै नागरिकलाई परिचय–पत्र प्रदान गर्ने जनाइएको छ । नेपालको संविधानको धारा १५ मा नेपालको प्रत्येक नागरिकको परिचय खुल्नेगरी अभिलेख राख्ने व्यवस्था छ भने धारा ५१ मा एकीकृत राष्ट्रिय परिचय–पत्र व्यवस्थापन सूचना प्रणाली विकास गरी नागरिकका सबै प्रकारका सूचना र वितरणहरू एकीकृत रूपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने संवैधानिक व्यवस्था रहेको छ । मन्त्रिपरिषद्को ०६७ असार १६ गतेको निर्णयअनुसार ०६७ साउन १ देखि गृह मन्त्रालयअन्तर्गत विभागीय निकायको रूपमा राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रको स्थापना भएको थियो ।

यसले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शीरूपमा सञ्चालन गर्न सघाउ पु¥याउनेछ । दोहोरो सेवा सुविधा लिने, झुठा विवरण पेश गर्ने, सेवा सुविधाको दुरुपयोग गर्नेजस्ता कार्य नियन्त्रित भई लक्षितवर्ग र समुदाय एवम् आम नागरिकले राज्यप्रदत्त सुविधाबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् । एक व्यक्ति एक परिचय नम्बरको कारण सामाजिक सुरक्षा कार्यक्रम, गरिबी निवारण कार्यक्रम, सामाजिक बिमा, पेन्सन सुविधा एवम् सरकारबाट प्रदान भइरहेका अन्य सेवा सुविधामा भइरहेको चुहावट नियन्त्रण भई पारदर्शीरूपमा सञ्चालन गर्न परिचय–पत्रले सघाउ पुर्याउनेछ ।

Related Posts

पाण्डेविरुद्ध अभद्र ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल
मुख्य समाचार

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियोः नेपाल

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !
पत्रपत्रिका

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी
समाचार

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी

अनेरास्ववियूद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन
ताजा समाचार

अनेरास्ववियूद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन

समाचार

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

जाजरकोट कुसे–७ का वडाध्यक्षको निधन
समाज

जाजरकोट कुसे–७ का वडाध्यक्षको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२१ पुष २०७६, सोमबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२१ पुष २०७६, सोमबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२१ पुष २०७६, सोमबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२१ पुष २०७६, सोमबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२१ पुष २०७६, सोमबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२१ पुष २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.