विराटनगर : विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई १० रुपैयाँमा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो ।
बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा १० रुपैयाँ तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा २० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
कसैले भिखारी वा गरिब मानिसलाई खाना खुवाउन चाहेमा उसले जनही ३० रुपैयाँ तिर्नुपर्ने नियम बनाइएको छ । एक दिनमा करिब एक हजार मानिस खाना खान आउने गरेका छन् ।