सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अस्ट्रेलियामा डढेलो फैलियो, हजारौँ मानिस भागेर समुद्री तटमा

होस्ट खबर by होस्ट खबर
१५ पुष २०७६, मंगलवार
366
SHARES
318
VIEWS
FacebookTwitter
अस्ट्रेलियामा डढेलो फैलियो, हजारौँ मानिस भागेर समुद्री तटमा

अस्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन्। भिक्टोरियामा एउटा डढेलो तटीय सहर म्यालकूटातर्फ फैलिँदै गर्दा धुवाँ र खरानीले घरहरू ढाकिएका छन्।

स्थानीय बासिन्दाहरूले समुद्रको किनारमा सीमित सामग्रीको भरमा रातो आकाशमुनि रात बिताउनुपरेको बताएका छन्।

यसैबीच अधिकारीहरूले न्यू साउथ वेल्समा दुई जनाको मृत्यु भएको पुष्टि गरेपछि डढेकोका कारण अस्ट्रेलियामा ज्यान गुमाउनेहरूको सङ्ख्या १२ पुगेको छ। सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थानहरू डढेलोका कारण बन्द भएका छन्।

न्यू साउथ वेल्स र भिक्टोरियाको ५०० किलोमिटर क्षेत्रमा आपत्‍कालीन स्तरका एक दर्जनभन्दा बढी डढेलो लागेको छ।बुवा र छोरा अनुमान गरिएका दुई जनाको शव कोवार्गो सहरमा फेला परेको थियो। सो सहरको मूल सडकमा मङ्गलवार ठूलो आगलागी भएको थियो।

अधिकारीहरूले अन्य पाँच जना हराइरहेको बताएका छन्। भिक्टोरियाका राज्य प्रमुख ड्यान्यल एन्ड्र्यूजले जलसेनाको जहाजलाई सडक बन्द भएका सहरहरूमा खाना, पानी र बिजुली उपलब्ध गराउन बोलाउन सकिने बताएका छन्। त्यहाँको मुख्य राजमार्ग बन्द गरिएको छ।

‘सडक बन्द भएका कारण एक्लिएका केही स्थानहरूमा समुद्रको बाटो जान सकिन्छ,’ उनले भने। अधिकारीहरूले ती स्थानका मानिसहरूलाई यथास्थानमा रहन आग्रह गरेका छन्। उनीहरूलाई सोमवार उद्धार गर्न ूढिलो र खतरनाकू भएको बताइएको थियो।

अस्ट्रेलियामा उच्च तापक्रम, वायु र बिजुली चम्किरहेका कारण डढेलो बढेको छ।

‘हामी पानीमा हाम फाल्न तयार थियौँ’
न्यू साउथ वेल्थका पर्यटकीय सहरहरू बेर्मागुई र बाटेमान्स बेका बासिन्दाहरू मङ्गलवार बिहानै समुद्र किनारतर्फ लागेका छन्।
उनीहरूले बीबीसीलाई समुद्रको किनारामा खरानीको वर्षा भएको बताएका छन्।

‘साह्रै डरलाग्दो स्थिति छ। आकाश रातै छ र जताततै खरानी उडेको छ,’ जो सिमोन्सले भने। अग्निनियन्त्रकहरू तटीय क्षेत्रमा उपस्थित छन्।
प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियामा आगो र डढेलोहरू नियन्त्रणबाहिर जान थालेपछि त्यहाँको सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सीअस पुगेको छ।

भिक्टोरियामा मात्रै ४,००० मानिसहरू समुद्री तटमा रहेको बताइएको छ।त्यहाँ गत २४ घण्टामा २०० भन्दा बढी स्थानमा नयाँ आगो लागेको बताइएको छ।

बीबीसी नेपालीबाट लिइएको

Related Posts

नेपालमा भएको युरेनियम पदार्थ व्यवस्थित गर्न विज्ञको माग
अन्तर्राष्ट्रिय

नेपालमा युरेनियमको खोजिमा भारतीय सुरक्षाकर्मी सक्रिय

जापानमा रोजगारी दिने सहमति
अन्तर्राष्ट्रिय

जापानमा रोजगारी दिने सहमति

रुस-युक्रेन युद्ध रोकिने आशा बढ्यो
अन्तर्राष्ट्रिय

रुस-युक्रेन युद्ध रोकिने आशा बढ्यो

द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति
अन्तर्राष्ट्रिय

द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति

भारतमा आज राष्ट्रपति निर्वाचन
अन्तर्राष्ट्रिय

भारतमा आज राष्ट्रपति निर्वाचन

नेकपामा गुटगत भेला बाक्लियो, प्रचण्ड निवासमा पूर्व माओवादी निकट स्थायी कमिटी सदस्यहरुको छलफल
अन्तर्राष्ट्रिय

अध्यक्ष प्रचण्ड आज भाजपा अध्यक्ष भेट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

१५ पुष २०७६, मंगलवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

१५ पुष २०७६, मंगलवार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

१५ पुष २०७६, मंगलवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

१५ पुष २०७६, मंगलवार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

१५ पुष २०७६, मंगलवार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

१५ पुष २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.