धनगढी : अत्यधिक चिसो तथा शितलहरका कारण सुदूरपश्चिम प्रदेशमा जन जीवन कष्टकर बन्न थालेको छ । चिसो बढ्दै गएपछि बिशेषगरी बालबालिका र बृद्धरबृद्धा बढी प्रभावित भएका छन् ।
चिसोले स्कुले वालिकालाई झनै समस्या भएको छ । चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालीकाले चार दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि बालबालिका प्रभावित हुन थालेपछि विद्यालयमा बिदा दिने निर्णय गरिएको धनगढी उपमहानगरपालीकाका प्रमुख नृप ओडले बताए । उपमहानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालय पुस १४ देखि १८ सम्म बिदा दिने निर्णय गरिएको छ ।