लगातार दुई सातादेखि जारी शीतलहरका कारण प्रदेश २ का आठवटै जिल्ला सहित तराइको जनजीवन कष्टकर बनेको छ। चिसो हावासँगै अत्यधिक कुहिरो लाग्न थालेपछि मधेसका अधिकांश जिल्लामा बढेको जाडोले जनजिवन प्रभावित भएको हो।
जाडोमा कठ्याङ्ग्रिएर प्रदेश २ मा ४ जनाको मृत्यु भएको छ भने आगो ताप्ने क्रममा जलेर १ जनाको ज्यान गएको छ। धनुषामा १, बारामा २ र पर्सामा १ जनाको कठयाङ्ग्रिएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। यस्तै धनुषामा मात्र आगो ताप्ने क्रममा जलेर ८ जना घाइते भएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
बाराको प्रसौनी गाउँपालिका-७ बलुवाटोलकी ७० वर्षीया सानोदेवी साहको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो। जलेर गम्भीर घाइते साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। चिसोको कारण जनकपुरधाम उपमहानगरपालिका-२३ बस्ने ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको छ। कठ्याङ्ग्रिएर बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको मृत्यु भएको हो।
त्यस्तै चिसो छल्न बालेको घुरा ९आगो० ताप्ने क्रममा शरीरको लुगामा आगो सल्किएर बाराको प्रसौनी गाउँपालिका(७ बलुवा टोलकी ७० वर्षीया सोनादेवी साहको मृत्यु भएको छ। बाराकै जितपुरसिमरा उपमहानगरपालिका(२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको चिसोका कारण मृत्यु भएको छ। पर्साको पर्सागढी नगरपालिका(४ का ७५ वर्षीय विक्रम सहनी मलाह चिसोका कारण मृत्यु भएको छ। अत्यधिक जाडोले गाउँ तथा बजारमा सर्वसाधारणको चहलपहल घटेको छ। प्रदेश २ का अधिकांश विद्यालय बन्द गरिएको छ।
यता, काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा फेरि वर्षा हुने भएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण अग्रेजी नयाँ वर्षको दिन (बुधबार) वर्षा र हिमपातको सम्भावना देखिएको हो ।
देशको पश्चिमी क्षेत्रबाट वर्षा र हिमपात सुरु हुने र यो क्रम बिहीबारसम्म जारी रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार काठमाडौं उपत्यका आसपासका डाँडाहरुमा पनि हिमपातको सम्भावना देखिएको छ ।
पश्चिमबाट भित्रिने पश्चिमी वायु शुक्रबारमात्रै पूर्वी क्षेत्रमा पुगेर बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव भोलि (मंगलबार) बाट नै देखिन सुरु गर्ने मौसमविद्को भनाई छ । उनीहरुका अनुसार मंगलबार मौसम धुम्म हुने र बुधबारबाट वर्षा र हिमपात हुनेछ ।
आज (सोमबार) भने पहाडी क्षेत्रमा घाम लागेको छ भने तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । तराईका जिल्लामा पनि बुधबार फाट्टफुट्ट वर्षा हुन सक्ने जनाइएको छ ।