सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बुटवलमा ट्रान्सपोर्ट भिलेज बन्दै

होस्ट खबर by होस्ट खबर
१४ पुष २०७६, सोमबार
206
SHARES
323
VIEWS
FacebookTwitter
बुटवलमा ट्रान्सपोर्ट भिलेज बन्दै

बुटवल : बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट) लाई एकै स्थानमा व्यवस्थित गर्ने काम सुरु गरेको छ । बुटवलमा अब अलग्गै ढुवानी ग्राम अर्थात् ट्रान्सपोर्ट भिलेज बन्ने छ ।

व्यस्त सहर क्षेत्रमा असहज भइरहेका बेलामा उपमहानगरपालिकाले ढुवानीका सबै व्यवसायहरुलाई एकै ठाउँमा व्यवस्थित गरेर सञ्चालन गर्न लागेको हो । यो उपमहानगरले गरेको अर्को महत्वपूर्ण कामको सुरुआत हो । ढुवानीग्रामको गुरुयोजना नै बनाएर काम अगाडि बढाइएको हो ।

प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापनका कामहरुमा चुनौती थपिँदै गइरहेका बेलामा बुटवल उपमहानगरपालिकाले सहरमा छरिएर रहेका ट्रान्सपोर्ट जति सबैलाई एकै ठाउँमा व्यवस्थित गर्ने भन्दै गत वर्ष माघमा नै कार्यपालिका मार्फत निर्णय गरेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

योसंगै अहिले निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढाइएको छ । सहरभरी छरिएका रहेका ट्रान्सपोर्ट भिलेजहरुलाई एकै ठाउँमा व्यवस्थित गर्ने भनि बुटवलले गरेको यो निर्णयको सबैले स्वागत गरेका छन् ।

ढुवानीका सवारी साधन, व्यवसायीका साथै शौचालय, अस्पाल, गेष्टहाउस, सुरक्षा चौकी, ग्यारेज र नापतौल एवम् गुणस्तर चेकजाँचका औजारहरुसमेत एकै ठाउँमा राख्नेगरी निर्माण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

नयाँगाउँको भैरहवामा व्यवस्थित ढुवानीग्राम बन्दै
बुटवल उपमहानगरले वडा नं।१२ नयाँगाउँ क्षेत्रको भैरहवा भन्ने स्थानमा बहुउद्देश्यीय ढुवानीग्राम निर्माणको काम सुरु भएको छ । त्यहाँ बन्न सुरु भएको ढुवानीग्रामका लागि बुटवलमा रहेका व्यवसायीहरुसमेतले सुरुमै निरिक्षण गर्दै सहकार्यको प्रतिबद्धता जनाएका थिए ।

यसैबीच बुटवल उपमहानगरपालिकाले ढुवानी ग्राम निर्माणका लागि निर्माण कम्पनीसंग सम्झौता समेत गरिसकको छ । बिओटी मोडलमा ९बिल्ट, अपरेट र ट्रान्सफर्मर मोडल० निर्माण हुने उक्त ढुवानी ग्राम निर्माणका लागि वि।स। २०७५ माघ २५ गते कार्यपालिकाले गरेको निर्णय गरेको र प्राथमिकताका साथ काम भइरहेको प्रमुख सुवेदीको भनाइ छ ।

ढुवानी ग्राम निर्माणका लागि बुटवल उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालि बिच हालै सम्झौता भएको छ । उपमहानगरपालिकाका तर्फबाट उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र निर्माण कम्पनीका तर्फबाट रुपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरे र कार्यदलका सदस्य माधव नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा स्थानीय अगुवा तथा समाजसेवीहरुलाई पनि रोहबरमा राखिएको छ । रोहबरमा स्थानीय अगुवा तथा समाजसेवीका तर्फबाट टंकप्रसाद पोखरेल रहेका छन् ।

२०७६ असोज १८ मा मनसाय पत्र आवह्रान गरिएको थियो । जस्मा बुटवल ४ स्थित रुपन्देही परिवहन प्रालि र रामपुर ढुवानी सेवा सुचिकरणमा परेका थिए ।पछि प्रस्ताव मुल्याकंनका आधारमा परिवहन प्रालिसंग निर्माणका लागि सम्झौता गरिएको हो । ढुवानीग्राममा जम्मा ४९ सेडहरु निर्माण हुनेछन् । ती सबै सेडहरु अन्तर्राष्ट्रिय मापदण्डका रहने छन् ।

ढुवानीग्राम निमार्णपछि बुटवलका व्यस्त बजारमा हुने ढुवानी सोही क्षेत्रमा स्थान्तरण हुनेछन् । जसले बुटवलको भिडभाडलाई कम बनाउने र ढुवानीका सबै काम व्यवस्थित स्थानबाट हुने छन् ।

रुपन्देही परिवहन कम्पनीले एक बर्षको अवधि भित्र नै तोकिएका सेडहरु निर्माण गर्नेगरी सम्झौता भएको छ । १५ वर्षपछि उक्त ढुवानीग्राम उपमहानगरपालिकालाई हस्तान्त्रण गर्ने बताइएको छ ।

ढुवानीग्रामको अलग्गै गुरुयोजना
बुटवलले ढुवानीग्रामको अलग्गै गुरुयोजना नै बनाएर काम अगाडि बढाएको छ । गुरुयोजनाअनुसार यस ढुवानीग्रामको कूल अनुमानित लागत रु २३ करोड २४ लाख ७९ हजार छ सय ७४ रहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

सेड निर्माणको अनुमानित लागत प्रति सेड रु २६ लाख ३२ हजार तीन सय २० का दरले ४९ सेडको १२ करोड ८९ लाख ८३ हजार छ सय ८० रहेको छ ।

निर्माण हुने एउटा सेड एक हजार ५ सय ५० वर्गफुट क्षेत्रफलको हुनेछ । प्रति सेडको मासिक बहाल प्रति वर्गफुट दुई रुपैयाँका दरले तीन हजार एक सय हुने र बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने गरी सम्झौता भएको छ ।

सो क्षेत्रमा पहुचमार्ग, ढल तथा नाली, बिजुली र खानेपानी, शौचालय, तारबार लगायत संरचनाहरु बुटवल उपमहानगरपालिकाले निर्माण गर्ने छ ।

बुटवलले निर्माण गरिरहेको चक्रपथले यहाँको ढुवानीग्रामलाई पनि जोड्ने गरी स्तरीय सडक निर्माण भइरहेको छ । ढुवानीग्राममा पार्किङ स्थल, व्यवसायिक भवन सहितको २ वटा होटल, मन्दिर, हेल्थपोष्ट, टायर मर्मत संम्भार पसल, प्रतिक्षालय, नुहाउने, युरिनल सहितका शौचालयहरु, अफिस, पुलिस चौकी निर्माण हुनेछन् ।

Related Posts

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित
अर्थ खबर

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

विद्युतको आन्तरिक माग ह्वात्तै बढ्यो, औसतमा करिब तीन सय मेगावाटको वृद्धि
अर्थ खबर

प्राधिकरणको नाफामा छलाङ

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?
अर्थ खबर

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन
अर्थ खबर

६८ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

पेट्रोलियम पदार्थः मूल्य घट्यो, घटेन मूल्य

दशैं तिहारमा चिनी अभाव नहुने, मूल्य पनि नबढ्ने
अर्थ खबर

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

१४ पुष २०७६, सोमबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

१४ पुष २०७६, सोमबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

१४ पुष २०७६, सोमबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

१४ पुष २०७६, सोमबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

१४ पुष २०७६, सोमबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

१४ पुष २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.