सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

वीरेन्द्रनगरमा अतिक्रमित जग्गा खाली गराइँदै

दिपकजंग शाही by दिपकजंग शाही
१३ पुष २०७६, आईतवार
258
SHARES
321
VIEWS
FacebookTwitter
वीरेन्द्रनगरमा अतिक्रमित जग्गा खाली गराइँदै

सुर्खेतको वीरेन्द्रनगर–७ स्थित खारखोलीमा ६५ घरटहरा छन्। खारखोलीको २ विघा ३ कठ्ठा जमिन मालपोत कार्यालय सुर्खेतको नाममा छ।

उक्त जग्गामा अतिक्रमण गरेर बसेका ती घरपरिवारलाई जग्गा खाली गरिदिन मालपोत कार्यालयले सात दिने सूचना जारी गरेकोमा ११ गते नै म्याद सकिइसकेको छ।

तर पनि त्यहाँ रहेका घरपरिवारले जग्गा खाली नगरेपछि जिल्ला प्रशासन कार्यालयले डोजर लगाउने चेतावनी दिएको छ। चेतावनीपछि आइतबारदेखि उनीहरुले जग्गा खाली गर्न थालेका छन्। जग्गा खाली गर्न लगाइएसँगै मालपोत कार्यालयले उक्त जग्गामा घेराबार लगाउनका लागि सम्बन्धित मन्त्रालयलाई आग्रह गरिसकेको छ।

योसँगै वीरेन्द्रनगरमा रहेका अतिक्रमित जग्गा खाली गराउने अभियान नै जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको छ। पहिलो चरणमा सडक छेउ र सरकारी कार्यालयको नाममा दर्ता जग्गा अतिक्रमण गरेकालाई हटाउन थालिएको छ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सडक तथा सरकारी जग्गा अतिक्रमण गरी बसेका र सरकारले मुआब्जा वितरण गरेको तर अतिक्रमित नै रहेको जग्गा खाली गर्ने अभियानमा लागिएको बताए।

‘पहिलो चरणमा सडक छेउका अतिक्रमित जग्गा हटाउने, दोस्रो चरणमा सरकारी कार्यालयका नाममा रहेका जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई हटाउने काम भइरहेको छ,’ प्रजिअ अधिकारीले भने, ‘अर्को चरणमा हामीले सरकारले मुआब्जा वितरण गरिसकेको तर पनि अतिक्रमण गरेकाहरुलाई हटाउने योजना छ।’

सडक तथा सरकारी जग्गा अतिक्रमण गर्ने कार्य बढ्दै जाने भएकाले यस्तो प्रवृत्ति अन्त्य गर्न खोजिएको बताए। ‘जमीन अतिक्रमण गर्ने बेथिति उत्सर्गमा पुगेको अवस्था छ, यस्तो प्रवृत्तिलाई अन्त्य गर्न खोजेका छौं’ प्रजिअ अधिकारील भने।

पहाडी क्षेत्रमा आफ्नो जग्गा भएकाहरु पनि यहाँ आएर विभिन्न बहानामा जग्गा अतिक्रमण गरेर बस्ने गरेको उनले बताए। सरकारी जग्गामा बसेका सबै सुकुम्बासी प्राकृतिक विपदबाट पीडित नभएको अधिकारीले बताए।

‘यहाँ अतिक्रमण गरेर बसेकाहरु कतिपयको जाजरकोट, दैलेख लगायतका आफ्नो ठाउँमा जमिन छ,’ उनले भने, ‘यहाँ रोजगारीको अवसर भएकाले सजिलोका लागि उनीहरु अतिक्रमण गरेर बसेको पाइन्छ।’

प्रजिअ अधिकारीका अनुसार अतिक्रमण गरिएको सडक छेउअन्तर्गत पहिलो चरणमा मुख्य चारलेनको सडक (धुलियाबीटदेखि बाङ्गेसीमलसम्म) को ठेला तथा टहरा हटाइसकिएको छ। अब तत्काल मंगलगढी चोकदेखि काँक्रेबिहार जाने बाटो छेउको अतिक्रमित क्षेत्र खाली गराइने उनले जानकारी दिए।

कब्जा जग्गा सरकारीकरण
वीरेन्द्रनगरस्थित सडक विभागको करोडौं मूल्य पर्ने मंगलगढी चोकदेखि चाइना पुलसम्मको जमिन सरकारीकरण गरिएको छ। मालपोत कार्यालय सुर्खेतले सोमबार उक्त जग्गा सरकारका नाममा ल्याएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए।

गत साता प्रजिअ अधिकारीले मालपोत कार्यालयलाई उक्त जग्गा सरकारीकरण गर्न निर्देशन दिएका थिए। जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतले उक्त जग्गा सरकारीकरण गर्न विगतमा नै फैसला गरे पनि स्थानीय प्रशासनले अदालतको फैसला कार्यान्वयन गर्न सकेको थिएन। फैसला कार्यान्वयन नहुँदा वर्षौंदेखि करोडौं मूल्यको सरकारी जग्गा व्यक्तिले उपभोग गरिरहेका थिए।

तीन वर्षअघि जिल्ला र पुनरावेदन अदालतले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको थियो। तीनवटै अदालतले गरेको फैसला कार्यान्वयन नहुँदा वर्षौंदेखि सरकारी जग्गा केही व्यक्तिले उपभोग गर्दै आएका थिए ।

व्यक्तिको नाममा रहेको ८ कठ्ठा जमीन सरकारको नाममा आइसकेपछि अब नापी कार्यालयलाई पनि जमिन छुट्याउन लगाइने प्रजिअ अधिकारीले बताए। वीरेन्द्रनगरको समंगलगढी चोकदेखि चाइना पुलसम्मको जमिनलाई सबैभन्दा महँगो मानिन्छ।

८ कठ्ठा सरकारी जग्गा वर्षौदेखि व्यक्तिले कब्जा गरेर ठूलाठूला घर समेत बनाएका छन्। तत्कालीन नापी शाखाका कर्मचारीको मिलेमतोमा एकजना स्थानीयले सडकको अधिग्रहणमा परेकोमध्ये ८ कठ्ठा जमिन आफ्नो नाममा गराएका थिए। अहिले उक्त जमिन १७ जनाको नाममा रहेको पाइएको छ।

साविकको २४५ कित्ता नम्बरबाट नापी र मालपोतका कर्मचारीको मिलेमतोमा आठ कठ्ठा जमिन २९१ कित्तामा सारेको पाइएको छ। सेतोपाटीबाट

Related Posts

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
भर्खर

विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश

अख्तियारद्वारा साउनयता कर्णालीमा २० वटा मुद्दा विषेश अदालतमा दर्ता
भर्खर

अख्तियारद्वारा साउनयता कर्णालीमा २० वटा मुद्दा विषेश अदालतमा दर्ता

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी
खेलकुद

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
भर्खर

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
भर्खर

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

१३ पुष २०७६, आईतवार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

१३ पुष २०७६, आईतवार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

१३ पुष २०७६, आईतवार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

१३ पुष २०७६, आईतवार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

१३ पुष २०७६, आईतवार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

१३ पुष २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.