बुधबार, साउन २५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अर्को श्रीमान् खडा गरी सम्पत्ती कुम्ल्याएर हिडेपछि….

होस्ट खबर by होस्ट खबर
११ पुष २०७६, शुक्रबार
308
SHARES
373
VIEWS
FacebookTwitter
अर्को श्रीमान् खडा गरी सम्पत्ती कुम्ल्याएर हिडेपछि….

इटहरी : मनभरि सपना बुनेर आफ्ना जहान परिवारलाई सुखी राख्नका लागि २० वर्षपहिले विदेशिएका लक्ष्मीकुमार गुरुङको सपना चकनाचुर भएको छ ।

मोरङ सुन्दरहरैंचा –१० विराटचौकका लक्ष्मीकुमार आफूले कमाएको करोडौं रुपैयाँ लिएर श्रीमती गङ्गामाया गुरुङ भागेपछि अहिले विरक्तिएका हुन् ।

रोजगारीको सिलसिलामा २० वर्षपहिले साउदी अरब पुगेका लक्ष्मीले विदेशी भूमिमा आफ्ना जहान परिवारका लागि दिनरात नभनी पसिना चुहाएर दुःख गरी काम गर्दै आएका थिए । श्रीमती र छोराहरूलाई सुखमा नै राख्दै आएका लक्ष्मी अहिले विरक्तिएका छन् । विदेशमा दुःखले कमाएको रकम अहिले श्रीमतीले लिएर गएपछि उनी प्रशासनमा हारगुहार गरिरहेका छन् ।

विदेशबाट अहिलेसम्म ७ करोड जति कमाएको बताउँदै आफूले कमाएको सारा सम्पत्ति कुम्ल्याएर श्रीमती अहिले बेपत्ता भएको उनले बताए । आफूले विदेशबाट पठाएको रकम र सुन लिएर श्रीमती गङ्गा हिँडेको भन्दै अहिले इलाका प्रहरी कार्यालय बेलबारीमा उनले उजुरी दिएका छन् । बिर्तामोडमा ८ वर्षअगाडि १५ लाखमा किनेको जग्गा अहिले अर्को श्रीमान् खडा गरेर बिक्री गरेर हिँडेपछि लक्ष्मीको अहिले कन्तबिजोक भएको छ ।

श्रीमती गङ्गा २ छोरालाई समेत सँगै लिएर मङ्सिर ७ गतेदेखि फरार भएको उनको भनाइ छ । ‘शुरुमा घरको विषय घरमै मिलाउँ भन्ने भयो । श्रीमतीले मलाई जबरजस्ती विदेश जानू भनेकी थिइन् । मैले ५२ वर्षको उमेरमा विदेश जान्नँ भन्दा श्रीमती टाढिइन्, अहिले आफूले दुःख गरेर कमाएको पैसासमेत लिएर गइन्, मेरो अहिले विजोक भएको छ’–लक्ष्मीले भने ।

‘सुन्दरहरंैचा–१० मा डेढ तले घर र दुई कठ्ठा जग्गा छ तर त्यो पनि श्रीमतीकै नाममा छ’ उनले दुःखेसो गरे, ‘२० वर्ष ४ महिना विदेशमा दुःख गरी कमाएको सबै पैसाको हिसाब उनीसँगै थियो । मसँग अहिले पैसा, हिसाब केही पनि छैन ।’ ‘मेरो दाँत पनि खुस्की सक्यो अब म विदेश कसरी जाउँ ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘मलाई मेरो श्रीमतीले किन विदेश जानू भनिन् ?’

२ छोरा र १ छोराकी आमा गङ्गाले लिएर गएको सम्पत्ति फिर्ता गराउनका निम्ति लक्ष्मी अहिले कानूनी उपचार खोज्दै हिँडेका छन् । ‘मेरा दुई छोराहरू पनि लिएर बेपत्ता भई । मलाई भाग्यले पनि यति धेरै ठग्यो, अहिले गाउँमा रहेको घरबाहेक कुनै सम्पत्ति छैन’–उनले भने ।

यता इलाका प्रहरी कार्यालय बेलबारी महिला सेलकी मोना विष्टले लक्ष्मीले श्रीमती हराएको भन्दै खोजी गरी पाउँ भनी उजुरी परेको बताइन् । हुलियासहितको उजुरी इलाका प्रहरी कार्यालय बेलबारीमा परेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । उजुरी परेको आधारमा उनीहरूलाई खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

‘मलाई श्रीमतीले माया गरिनन्, पैसालाई मात्र माया गरिन्, अहिले बुढेसकालमा आफूसित न परिवार, न पैसा भयो’ उनी भन्छन्, ‘अहिले मेरो सबै मोबाइल नम्बर ब्लक गरेका छन् ।’

Related Posts

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

प्रतिनिधि सभा बैठक बस्दै

सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी
ताजा समाचार

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने
ताजा समाचार

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २५ गते बुधबार, आजको राशिफल

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

मंसिर १ गतेदेखि मौन अवधि सुरु हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

११ पुष २०७६, शुक्रबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

११ पुष २०७६, शुक्रबार
चिसो बढेपछि धनगढीका विद्यालय ४ दिन बन्द

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

११ पुष २०७६, शुक्रबार
चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

प्रतिनिधि सभा बैठक बस्दै

११ पुष २०७६, शुक्रबार
पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

११ पुष २०७६, शुक्रबार
सरसफाई संरचनाका लागि दश कार्यक्रमबाट १९ हजार ९ सय ९९ श्रम दिनको रोजगारी

प्रचण्ड स्वदेश फर्किएपछि मात्र कर्णालीले मन्त्री पाउने

११ पुष २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.