सुर्खेत : देशभर तापक्रम घटेसँगै चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान डडेलधुराको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै काठमाडौंको तापक्रम वर्षकै सबभन्दा कम १ डिग्री सेल्सियस पुगेको छ । उपत्यकाको तापक्रम बिहीबार यो वर्षकै कम भएको हो । मौसम पुर्वानुमान महाशाखाका अनुसार बुधबार २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम बिहीबार बिहान झण्डै २ डिग्री कम मापन गरिएको हो ।
बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै वीरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
सोमबारदेखी सुर्खेतको तापक्रम घट्नुको मुख्य कारण आकाश सफा रहने वित्तिकै पृथ्वीबाट बाहिरिने तापक्रम सतह इमिड हुने तापक्रम बाहिरिदाँ सुर्खेतको तापक्रम घटेको महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले भोली पनि सुर्खेतको तापक्रम घट्न सक्ने जनाएको छ ।
शुक्रबार देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जारी गरेको ३ दिने सूचनामा उल्लेख छ । त्यस्तै शनीबार देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहनेछ।
विहानको समयमा तराईमा हुस्सुरकुहिरो लाग्ने हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।