घोराही : दाङमा आईतबार पानीमा डुबेर दुई बालकको मृत्युभएको छ । घोराही उपमहानगरपालिका १ अठ्ठाईसेको किचेनी दहमा डुबेर दुईबालकको मृत्यु भएको हो ।
स्थानिय भुपेन्द्र घर्तीका साढे २ बर्षिय छोरा युवराज घर्ती र बुद्धीराम घर्तीको ४ बर्षिय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खेल्ने क्रममा बालकहरु पानीमा डुबेको बताईएको छ ।
शबलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान समेत सुरु गरेको जनाएको छ ।