आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पुर्व माओवादी कार्यकर्ताको कुखुरा फर्मबाट ९९८२ थान गोली र एसएमजी बरामद

होस्ट खबर by होस्ट खबर
६ पुष २०७६, आईतवार
317
SHARES
384
VIEWS
FacebookTwitter
पुर्व माओवादी कार्यकर्ताको कुखुरा फर्मबाट ९९८२ थान गोली र एसएमजी बरामद

धरान : सुनसरीको बराहक्षेत्र ५ स्थित एकताटोलमा बस्ने पुर्व माओवादी कार्यकर्ताको कुखुरा फर्मबाट आइतबार अत्याधुनिक हतियार एसएमजी (सवमेसिन गन) सहित ठूलो परिमाणमा गोली र विस्फोटा पदार्थ बरामद भएको छ ।

प्रहरीले स्थानीय खेम प्रधानको कुखुरा फर्मबाट एसएमजी, गोली र विस्फोटक पदार्थ बरामद गरेको हो । प्रधानको फर्मको सिमेन्टेड गरेको सतह मुनि खाल्टो बनाएर लुकाएर राखिएको अवस्थामा हतियार र गोली बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले एसएमजीमा प्रयोग हुने ९ हजार ९ सय ८२ थान गोली र एकबोरा विस्फोटक पदार्थ फेला पारेको जनाएको छ । प्रहरीकाअनुसार नाईन एम.एम.को एसएमजी एक थान र विभिन्न हतियारमा प्रयोगमा आउने ७ दशमलव ६२ र दशमलव ५६ एमएमका गोलीहरु बरामद भएका छन् ।

सुनसरीका एसपी यज्ञविनोद पोखरेलकाअनुसार कुखुराको खाली खोर रहेको स्थानको ढलान मुनीको जमिनबाट हतियार सहित गोली बरामद गरिएको थियो । उनले भने, ‘स–साना तीनवटा प्लाष्टिक ड्रमका भाँडामा राखी जमिन मुनि गाडिएको अवस्थामा एसएमजी एक थान र गोली ९ हजार ९ सय ८२ थान बरामद गरिएको छ । फेला पारिएको एसएमजी भने पुरै खिया लागेको अवस्थामा छ ।’

हतियार फेला परेको स्थान पूर्व माओवादी कार्यकर्ता खेम प्रधानले संचालन गरेको कुखुरा फार्म हो । प्रहरीका अनुसार हतियार फेला परेको स्थानमा कुखुराको खोर बनाउन भन्दै २०६७ सालमा ढलान गरिएको थियो । हाल खाली रहेको खोरको ढलान मुनीको जमिनमा गाडिएको अवस्थामा हतियार फेला परेको प्रहरीको भनाई छ ।

प्रधानको कुखुरा फर्ममा गोली र एसएमजी गन लुकाएर राखेको जानकारी नेपाली सेनाको टोलीले पाएपछि उक्त क्षेत्रमा खोजतलास गर्ने शिलशिलामा हतियार र गोली फेला पारिएको सुनसरी प्रहरीले जनाएको छ । बरामद हतियार र गोली नेपाली सेनाको पूर्वी पृतना सैनिक मूख्यालय इटहरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त हतियार सेना समायोजनका बेला लुकाइएको हुन सक्ने अनुमान गरेको छ ।
कुखुरा फार्म संचालक प्रधान द्धन्दकालमा माओवादीका सक्रिय कार्यकर्ता रहेका थिए । बरामद ती हतियार कस्ले र कहिले लुकाएको हो भनेर प्रहरीले यकिन गर्न नसकेपनि माओवादी समायोजनको समयमा तत्कालिन माओवादीले लुकाएको हुनसक्ने अनुमान गरिएको छ ।

Related Posts

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश
ताजा समाचार

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

कांग्रेस सभापति देउवाले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री
भर्खर

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
भर्खर

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

पेट्रोलको चरम अभाव सुर्खेतमा मंगलबारबाट आपूर्ती सहज हुने
अर्थ खबर

पेट्रोलको चरम अभाव सुर्खेतमा मंगलबारबाट आपूर्ती सहज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

६ पुष २०७६, आईतवार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

६ पुष २०७६, आईतवार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

६ पुष २०७६, आईतवार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

६ पुष २०७६, आईतवार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

६ पुष २०७६, आईतवार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

६ पुष २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.